Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

एम्बुलेन्स तोडफोड गर्ने तीन पक्राउ

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा एम्बुलेन्स तोडफोड गरी फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार असोज २४ गते राति करिब १० बजे सभापोखरी गाउँपालिका–६, भोटे पुल सडकछेउमा पार्किङ गरी राखिएको नम्बर प्लेट नभएको ‘अन टेस्ट’ एम्बुलेन्स तोडफोड भएको थियो ।

एम्बुलेन्स तोडफोड गरी फरार रहेका सभापोखरी गाउँपालिका–६ का १८ वर्षीय युजेन राई, वडा नं. ५ का १९ वर्षीय सविन लिम्बू र वडा नं. ३ का १८ वर्षीय रिवराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई सोमबार संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

View : 81

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved