Biratnagar, Morang, Nepal
१४ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्राइम बैंकद्वारा वडा प्रहरी कार्यालय इटहरीलाई कम्प्युटर टेबल सहयोग

उद्‌घोष संवाददाता
१४ भदौ २०८३, आइतवार

Advertisement

इटहरी  । प्राइम कमर्सियल बैंक इटहरी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वडा प्रहरी कार्यालय इटहरीलाई चार थान कम्प्युटर टेबल सहयोग स्वरूप हस्तान्तरण गरेको छ।

शाखा प्रबन्धक समीरध्वज दाहालले सो सामग्री प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।

 

गत वर्ष जेन्जी आन्दोलनका क्रममा भएको आगलागीबाट वडा प्रहरी कार्यालय इटहरीको भवन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण सम्पन्न भएसँगै हाल प्रहरी सेवा पुनः सुचारु भइसकेको छ।

 

पुनर्निर्माणपछि कार्यालयको भौतिक तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ बनाउन बैंकले गरेको यो सहयोग महत्वपूर्ण रहेको बताइएको छ।

कम्प्युटर टेबलको व्यवस्थापनले कार्यालयको दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहज  हुने वडा प्रहरी कार्यालयले जनाएकाे छ ।

View : 14

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved