विराटनगर / रोटरी क्लब अफ विराटनगरको ५०औँ पदस्थापन तथा स्थापना दिवस समारोह शनिबार सम्पन्न भएको छ।
समारोहमा नवनिर्वाचित अध्यक्ष शिवप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल (आरआई) निर्देशक बासुदेव गोल्यान तथा विशिष्ट अतिथि डिष्ट्रिक्ट गभर्नर (डीजी) विष्णुबहादुर कार्कीको उपस्थितिमा पद हस्तान्तरण गरिएको हो। डीजी कार्कीले अध्यक्ष अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
सो अवसरमा निवर्तमान अध्यक्ष टीपी आचार्य तथा संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष किशनलाल दुगडले नयाँ नेतृत्वलाई चार्टर प्रमाणपत्र र क्लबको जिम्मेवारी हस्तान्तरण गरे।
समारोहमा क्लबको ५०औँ पदस्थापनको अवसरमा प्रकाशित विशेष स्मारिका प्रमुख अतिथि गोल्यान, डिष्ट्रिक्ट गभर्नर कार्की र अध्यक्ष अधिकारीले संयुक्त रूपमा विमोचन गरे। साथै, स्वर्गीय पूर्व डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिमा आयोजना गरिने ‘क्षेत्रीय क्रिकेट प्रतियोगिता’को लोगो अनावरण समेत गरियो।
कार्यक्रममा संस्थापक तथा पूर्वअध्यक्षहरू, नयाँ सदस्यहरूको शपथ ग्रहण र क्लबका नयाँ बोर्ड सदस्यहरूको घोषणा गरिएको थियो।
समारोहमा पूर्वाञ्चल क्षेत्रका विभिन्न रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, सामाजिक संघ–संस्था एवं शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रस्तावित डिष्ट्रिक्ट गभर्नर अमित गिरी, पूर्व गभर्नरहरू जितेन्द्र राजभण्डारी, राजेन्द्रमान शाक्य तथा सहायक गभर्नर सबिना श्रेष्ठ कोइराला लगायतले मन्तव्य राख्दै रोटरीको सामाजिक सेवा यात्रालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved