विराटनगर । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी अस्पताल विराटनगरका रेडियोग्राफर जितेन्द्र भनिने जितेन चौधरीविरूद्ध मंगलबार विशेष अदालत मुद्दा दायर गरेको छ ।
कोशी अस्पतालको सीटी स्क्यान विभागमा कार्यरत चौधरीले पेश गरेको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
चौधरीविरूद्ध परेको उजुरी छानविनका क्रममा चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन पेश गरेको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारीे बीएससीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पुष्टि भएको आयोगको दावी छ ।
उनले विसं २०७२ साल माघ १ गते नियुक्ति लिएका थिए ।
आयोगले उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुनुपर्ने माग दाबी गरेको छ ।
View : 573
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved