Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

काँकडभिट्टाबाट काठमाडौं गइरहेको बस र ट्रक ठोक्किंदा दुवै चालकसहित तीनको मृत्यु

५ पुष २०८०, बिहिवार

विराटनगर । झापाको काँकडभिट्टाबाट काठमाडौं गइरहेको बस गएराती बाराको अमलेखगञ्जमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । राती २ बजेतिर अमलेखगञ्ज नजिकै तीन नम्बर पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको जनाइएको छ । 

बा ३–००१ ख २५८७ नम्बरको यात्रु बस र हेटौंडाबाट पथलैया गइरहेको ना ७ ख ७३०० नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा बस र ट्रक दुवैका चालकहरुसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक तनहुाको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ र बस चालक हेटौंडा उपमहानगरपालिका–३ का ४० वर्षीय हरि शम्शेर सुयालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा बसमा सवार करिव ३५ वर्षीय अर्का एक पुरूषको पनि निधन भएको जनाइएको छ । 

उक्त दुर्घटनामा बसका यात्रुहरु २० जना घाइते भएका छन् । घाइते हुनेहरुमा तनहुँको बन्दिपुर–६ का १७ वर्षीय तेजकुमार गुरूङ, सुनसरीको भाती–२ का ३० वर्षीय खिलराज दुलाल, इटहरी उपमहानगरपालिका–४ का ४० वर्षीय सुरेन्द्र गौतम, ३५ वर्षीय सम्झना गजुरेल घाइते छन् । १२ वर्षीय सोराय गौतम, ३ वर्षीय सोडनेम गौतम, बसका सह–चालक झापाको दमकका ४० वर्षीय नगेन्द्र उप्रेती पनि घाइते भएको जनाइएको छ ।

भारतका ५२ वर्षीय सिडि माया, नामा एमसे, श्रीग धौगा, पासाङ काण्डु, छिरिङ पालेदेन, छोमी लोप्चा, नामग्याल दोर्जे र माया लोप्चा पनि घाइते भएको प्रहरीले जनाएको छ । 

इलाम माईजोगमाई–५ का ३० वर्षीय विनोद तामाङ, चुलाचुलीका वीरबहादुर तामाङ, संखुवासभाका चन्द्रबहादुर तामाङ, संखुवासभाकै बिर्खबहादुर तामाङ, इलामका मनोजकुमार लिम्बू, प्रवेश पटेल, झापा कमल गाउँपालिका–५ का पूनम गुरूङ घाइते भएका हुन् ।

झापाको अर्जुनधारा ११ का हरिनारायण विश्वकर्मा, इटहरीका अनिलकुमार थापा र झापाका धनबहादुर लिम्बू, झापाकै नयन खनाल घाइते छन् । मोरङको उर्लाबारीका अमि श्रेष्ठ पनि घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved