Biratnagar, Morang, Nepal
२५ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

पीपीएलए कोशी प्रदेशमा विभागीय जिम्मेवारी बाँडफाँट

उद्‌घोष संवाददाता
२४ असोज २०८३, शनिवार

Advertisement

विराटनगर । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) कोशी प्रदेश कमिटीले संगठनलाई थप चुस्त र क्रियाशील बनाउन विभिन्न विभागीय जिम्मेवारीहरू बाँडफाँट गरेको छ।

कोशी प्रदेश अध्यक्ष महेन्द्र वस्तीको अध्यक्षतामा शनिबार बसेको प्रदेश कमिटीको चौथो पूर्ण बैठकले अधिवक्ता कविता लम्साल र राजन राईलाई प्रदेश कमिटी सदस्य तथा वीरेन्द्रप्रसाद गौतमलाई प्रदेश कमिटी सचिवालय सदस्यमा मनोनयन गरेको छ।

त्यसैगरी, संगठनलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन विभिन्न चारवटा विभागहरू गठन गरिएको छ।

जसअनुसार नारायणप्रसाद चौलागाईँको संयोजकत्वमा संगठन विभाग, कविता लम्सालको संयोजकत्वमा महिला विभाग, सुरेन्द्र बस्नेतको संयोजकत्वमा सञ्चार तथा प्रचार प्रसार विभाग र स्वीकार बस्नेतको संयोजकत्वमा वाणिज्य, युवा तथा नवोदित विभाग गठन गरिएको हो।

बैठकले आगामी मंसीर महिनाभित्र झापाको बिर्तामोडमा प्रदेशस्तरीय छलफल तथा कार्यपत्र प्रस्तुति कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

साथै, आगामी कात्तिक मसान्तभित्र कोशी प्रदेशका सबै जिल्लाहरूबाट पीपीएलए सदस्यहरूको अद्यावधिक लगत संकलन गरिसक्ने निर्णयसमेत बैठकले गरेको छ।

 

यसैगरी बैठकले विजया दशमी, दीपावली, छठ, जितिया, उधौली, उभौली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

बैठकले गत भदौ १० गतेको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै

उच्च बार मोरङका सदस्य शोभा बजगाईँ, सुनसरी बारका सदस्य डिकेन्द्र पाख्रिन र उच्च बार विराटनगरका पूर्वअध्यक्ष लिलावल्लभ अधिकारीका पिताजीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

View : 72

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved