Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

महेन्द्र मोरङ स्ववियु निर्वाचन

अखिल समाजवादीद्वारा उम्मेदवारी घोषणा

उद्‌घोष सम्वाददाता
२२ फागुन २०८१, बिहिवार

अध्यक्षका उम्मेदवार भूवनेश्वरसँग नेकपा विप्लव मोरङका सचिव कुमार

विराटनगर । नेकपा विप्लव निकट विद्यार्थी संगठनले चैत ५ गते हुन गैरहेको स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसको उम्मेदवारी घोषणा गरेको छ ।

सो संगठनले स्ववियु मोरङ क्याम्पसको निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः भूवनेश्वर साह, सञ्जय यादव र नवीन यादवलाई उम्मेदवार  उठाउने बिहीबार  घोषणा  गरेको हो ।

स्ववियुको २१ सदस्यीय  समितिका लागि अध्यक्ष,सचिव, कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष र  १० जना  समानुपातिक, समावेशी विधिबाट विद्यार्थी  छनोट गरिने व्यवस्था छ ।

स्ववियु निर्वाचनका लागि   समितिको अन्य पदाधिकारी र सदस्य उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै जाने नेकपा विप्लव मोरङका सचिव कुमार खतिवडाले बताए ।

स्ववियु निर्वाचन प्रक्रिया अन्तरगत बुधबार निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ ।जसअन्तर्गत ५  हजार ५५०  विद्यार्थीको नाम क्याम्पसको  सूचना पाटीमा टाँस गरिएको छ । 

स्ववियु निर्वाचनमा सहभागििताका लागि १९ विद्यार्थी संगठनले नाम दर्ता गरेका छन् । तर अरू संगठनले बिहीबारसम्म कुनै उम्मेदवारको  नाम घोषणा गरेका छैनन् ।

View : 361

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved