फाइल फोटो ।
विराटनगर । असोज १७ गतेदेखि तय गरिए पनि उक्त समयमा बाढी पहिरोको विपत्ति आइपरेपछि रोकिएको १० औं नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता माघ १५ गतेदेखि हुने भएको छ ।
गोल्डकप आयोजक उदयपुरस्थित बसाहा क्लवका अध्यक्ष गौतम राईले ८ वटा टोलीले सहभागिता जनाउने प्रतियोगियताको खेल माघ १५ गतेदेखि सुरु हुने जानकारी दिए ।
पूर्वमन्त्री समेत रहेका स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा हरेक बर्ष बसाहामा गोल्डकप आयोजना गरिंदै आएको जनाइएको छ ।
प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साबिक विजेता बागमती युवा क्लब सर्लाही, न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा–११, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौं, सहलेस क्लब सिरहा र संकटा एफसीले खेल्ने अध्यक्ष राईले बताए ।
माघ १५ बाट सुरु भएर प्रतियोगिता माघ २२ मा समापन हुने जनाइएको छ । विजेताले ५ लाख नगदसहित ट्रफी, पदक पाउने छ । उपविजेताले २ लाख २५ हजार नगद पाउने जनाइएको छ ।
View : 37
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved