विराटनगर । स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन–२०८१ का लागि महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विद्यार्थीका १९ वटा संघ, संगठन, समूहले नाम दर्ता गरेका छन् ।
२०८१ साल चैत ५ गते हुने स्ववियू निर्वाचन प्रयोजनका लागि प्रकाशित निर्वाचन तालिकानुसार संघ, संगठन, समूह दर्ता गर्ने अन्तिम मिति सोमबार अपरान्ह ३ बजेसम्म तोकिएको अनुसार उनीहरुले नाम दर्ता गरेका हुन् ।
क्याम्पस निर्वाचन समितिका अधिकृत डा सुशील अधिकारीका अनुसार निर्वाचन समितिको कार्यालयमा दर्ता भएका संघ, संगठन, समूह र सम्पर्क व्यक्तिहरुमा विद्यार्थी जनमत संघ मोरङ–रुपेश सिंह, नेपाल विद्यार्थी संघ–जशवन्त पौडेल, स्वतन्त्र विद्यार्थी मञ्च–प्रोज्जवल अधिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन– माधव पासवान, समाजवादी विद्यार्थी युनियन नेपाल–पङ्कजकुमार विराजी, अखिल (कान्तिकारी)– अभिमन्यु यादव छन् ।
यस्तै अन्य समूहमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन–कपलेश्वर यादव, सनातन विद्यार्थी मञ्च– विकाश महतो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी, बहुमत)– अनिषा राई, अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)–भूवनेश्वर साह, नागरिक विद्यार्थी समाज–हरेराम शर्मा, समाजवादी विद्यार्थी युनियन–दुर्योधन आलेमगर छन् ।
अन्य समूहमा नयाँ शक्ति विद्यार्थी युनियन–तरुणविक्रम खवास, प्राज्ञिक विद्यार्थी परिषद, नेपाल–दुर्गेश मण्डल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन–सुरेश मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ– कौशलकुमार भगत, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)–आदेश निरौला, नेपाल विद्यार्थी संघ संजोग गौतम र नेपाल विद्यार्थी मञ्च–निकेश कार्की छन् ।
View : 855
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved