Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

उदयपुर एमाले निर्वाचन

३०० मत गनिसक्दा राउतलाई ७६ मतको अग्रता

१५ चैत २०८०, बिहिवार

विराटनगर । नेकपा एमाले उदयपुरको जारी मतगणनामा अध्यक्षमा युवा नेता भागवत राउतले अग्रता बढाउँदै लगेका छन् । राउतले वर्तमान अध्यक्ष परमेश्वर घिमिरेलाई ७६ मतले पछि पारेका छन् । ३०० मत गनिसक्दा राउत १८८ र घिमिरे ११२ मत प्राप्त गरेका छन् । 

पहिलो १०० मत गन्दा राउतले २७ मतले अग्रता कायम गरेका थिए । २०० मत गनिसक्दा मतान्तर बढेर ५८ पुगेको थियो । 

नबौं जिल्ला अधिवेशनबाट अध्यक्षसहित १०५ सदस्यीय जिल्ला कमिटीको नेतृत्व चयनका लागि ६२४ प्रतिनिधिहरू मध्ये ५८१ जनाले मतदान गरेका थिए । खसेको मतमध्ये ५१ प्रतिशत गणना सकिएको छ ।

उपाध्यक्षमा दिलबहादुर तामाङ ११० मत पाएर अगाडि छन् । त्यस्तै कालुमान लामाले ८९ र भरतबहादुर थापाले ६९ मत प्राप्त गरेका छन् । 

सचिवमा टेकबहादुर राउतले सर्वाधिक १०४ मत पाएका छन् । उनलाई शम्भु पौडेलले १०० मतका साथ पछ्याइरहेका छन् । सचिवमै महेश रोकाले ६६ मत प्राप्त गरेका छन् ।

उपसचिव खुल्लामा हेमबहादुर खड्काले ११० पाएर अग्रस्थानमा छन् । जीवनाथ दाहालले ६३, मन्दिप राई ४३, दुर्गानन्द चौधरीले २९ र धर्मबहादुर तामाङले सबैभन्दा कम २० मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगा राईले १३७, महेश्वरी राईले ७१ र गीता खड्काले ६५ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ । 

निर्वाचन कमिटीका अनुसार त्रियुगा नगरपालिका–३ स्थित द होटल इम्पायरमा बिहीबार बिहान साढे ९ बजेबाट सुरु भएको मतगणना जारी छ ।

View : 156

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved