Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

विमान परिचारिका र उडानको प्रेमगाथा

विमान परिचारिकाहरूलाई तालिम दिइएको हुन्छ कि जुनसुकै अवस्थामा पनि अनुहारबाट मुस्कान हराउनु हुँदैन । चाहे ‘एयर टर्बुलेन्स’ को अवस्थामा होस्, चाहे विमानभित्र यात्रु रिसाएको अवस्थामा वा सङ्कटकालीन अवस्थामा नै किन नहोस् । किनभने उनीहरूको मुस्कान यात्रुहरूको दिमागमा ‘सबै कुरा सामान्य  छ’ भत्रे सङ्केत दिन्छ । यदि चालक दलका सदस्य डराए भने पूरै विमान  हुन पुग्छ । त्यसैले विमान परिचारिकाको मुस्कान मीठो मात्रै हुँदैन, धेरै स्मार्ट पनि हुन्छ ।
अमर मल्लिक
११ साउन २०८२, आइतवार

हवाई यात्राको शुरूवात्मा विमान परिचारक (फ्लाइट अटेण्डेण्ट)  पुरूष त्यसमा पनि अधिकांश ‘समलिङ्गी’ हुने गर्दथे । जसको काम थियो यात्रा गरिरहेका धनी यात्रुलाई खुशी राख्नु । ३० को दशकमा यसमा महिलाको प्रवेश भयो र यो संख्या निरन्तर बढ्न थाल्यो ।

अन्तर्राष्ट्रिय हवाई यातायात संंगठन (इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन) का अनुसार आज पूरै विश्वमा ८० प्रतिशत फ्लाइट अटेण्डेण्ट १८ देखि २४ वर्षकी युवती छन् । काम खासै होइन । कसिलो लुगा लगाएर मुस्कुराउनु अनी तयारी खाना र पेय पदार्थ पस्किनु । साथै विश्वका अनेक मुलुकको निःशुल्क भ्रमणको अवसर । सट्टामा पर्याप्त आम्दानी ।

विमान परिचारिकाहरूको जीवन खासै सहज नभए पनि आकर्षक भने देखिन्छ । उनीहरूलाई आम रूपमा हेर्ने दृष्टिकोण राम्री, ग्ल्यामरस, स“धै  उड्याउड्यै, कस्तो सजिलो हाईफाई काम भत्रे छ । तर सहकर्मीबाट विभेद र कतिपय अवस्थामा यौन दुर्व्यवहार (हिंसा) पनि भोग्नु परेको हुन्छ ।
यात्रु र परिचारिकाबीच विवाद :– कहिलेकाहीँ यात्रु र विमान परिचारिकाहरूबीच वादविवाद हुने गरेको घटना हुन्छ । सवाल जवाफ शुरू हुनासाथ यात्रुहरूले मोवाइल झिकेर भिडियो रेकर्ड गर्न शुरू गरिहाल्छन् ।

उडानका कमाण्डर विमान चालक हुन्छन् । तर, उडान सफल गराउन परिचारिकाहरूको पनि उत्तिकै मिहिनेत परेको हुन्छ । यात्रुहरूले झगडा गरेको विषयमा विमान चालकलाई गुनासो गर्दा उल्टै हप्की खानुपर्छ । ‘तिमी राम्री भएकीले झगडा पर्‍यो होला, तिमीले मास्क खोलेर बोल्यौ होला । अनि त्यो मान्छे कस्तो थियो, ह्याण्डसम थियो ? भनेर सोधिन्छ ।

म्यासेञ्जर, मोवाइलमा यौनजनक सन्देश पठाएर हैरान पार्ने, ‘नाइट स्टप’ बस्दा विमान चालक सहकर्मीको दुव्र्यवहारका कुराहरूलाई लिएर वायुसेवा कम्पनीहरूको ‘गोप्य रिपोर्टिङ’ प्रणालीमा गुनासो गर्दा गुनासो कसले गरेको हो थाहा भएपछि गुनासो गर्नेलाई दण्डित गर्न ‘पनिसमेण्ट   फ्लाइट को अभ्यास रहेको छ । यो भनेको कम्पनी वा विमान चालकलाई कुनै परिचारिका मन परेन भने थर्काउने र उल्टै चेताउने उद्देश्यले लगातार उडानमा राखिदिने गरिन्छ । केही विमान चालकहरूले उडानका क्रममा ककपिटमा बोलाइरहने, केरकार गर्ने, दोहोर्‍याइ, तेहेर्‍याइ पानी मगाउने गरेका हुन्छन् ।

उडानको रोस्टरमा समानता हुँदैन । निगमका अन्तर्राष्ट्रिय उडानमा केही चर्चित विमान चालकहरूले आफूलाई मन पर्ने परिचारिकाहरूलाई राख्न दवाव दिने गरेका हुन्छन् । उबिना म उड्दै उड्दिन“ । अनि त्योसँग म उड्दै उड्दिनँ भनेर ठाडै भन्छन् ।

मिडियाका चर्चित हस्तीहरू र अनुयायी बटुल्ने प्रभावकहरू  (सेलेब्स र इन्फ्लूएन्सर्स) को वास्तविक मुहार :– विमान यात्रामा केही मिडियाका चर्चित हस्तीहरू र अनुयायी बटुल्ने प्रभावकहरू  (सेलेब्स र इन्फ्लूएन्सर्स) को व्यवहार सवभन्दा बढी टाउको दुखाईको विषय हुन्छ । केही इन्फ्लूएन्सर्स हुँदै दुर्व्यवहार गर्छन् । उनीहरू स्वयंलाई धेरै ठूलो (सुपर) स्टार ठान्छन् र क्रु बाट भीआईपी ट्रिटमेण्टको अपेक्षा गर्छन् । विमान परिचारिकाहरूले तिनलाई चिनेनन् भने आपत आई लाग्छ । प्रायः इन्फ्लूएन्सर्स  (डिजिटल दुनियामा धेरै प्रशंसक भएका, पकड जमाएकाहरू) चाहन्छन् कि विमान परिचारिकाले उसलाई चिनोस् र उसको फ्यान बनोस् ।

कतिपटक इन्फ्लूएन्सर्सको भनाई हुन्छ, मेरो यति लाख फलोअर्स छन् तैपनि मलाई नचिनेको ? त्यस्तो अवस्थामा विमान परिचारिकाले नचाह“दा नचाहँदै पनि ती इन्फ्लूएन्सर्सबाट प्रभावित भएको देखाउन बाध्य हुनुपर्छ ।
खाना र ड्रिक्स पस्किँदा वा विमानभित्र ओहोर–दोहोर गर्दा यात्रु सँधै कुदृष्टिले हेर्छन् । बहाना गरी–गरी छुन्छन् । बिजनेश क्लासका कैयन यात्री ‘फ्रेश’ विमान परिचारिकालाई प्राथमिकतामा हाल्छन् ।

यात्रुहरूलाई लाग्न सक्छ कि विमान परिचारिकाहरूको केवल तीन वटा काम मात्र छ ;  मेकअप, रटे–रटाएको उद्घोषण र खानेकुरा, पेयपदार्थ  पस्किने । यति कामको लागि उनीहरूले आकर्षक तलव पाउँछन् ।


उनीहरूको लामो तालिम र परीक्षा पनि हुन्छ । यसमा प्रवेश उत्तीर्णाङ्क नै तोकिएको हुन्छ । यसमा अनुत्तीर्ण भए लामो समयसम्म अर्को पटक मौका दिइँदैन । त्यसपछि लामो प्रशिक्षण हुन्छ । उनीहरूलाई उडानमा प्राथमिक उपचारको सारा विधिको बारेमा र कुन औषधिले के काम गर्छ, सिकाइन्छ । आकाशमा नै कसैलाई प्रसूति व्यथा लागेमा र चिकित्सक नभए उनीहरूले के गर्नुपर्छ ? सङ्कटकालीन अवस्थामा यात्रुलाई विमानबाहिर निकाल्न परे जमिनदेखि पानीसम्म सुरक्षित निकासी (इभेक्युएशन) कसरी गर्ने ? सबै सिकाइन्छ ।

त्यसपछि आउँछ अर्को भाग । अर्थात् स्वयम्लाई कसरी प्रस्तुत गर्ने ? अनुहार स्वस्थ्य लाग्नुपर्छ, कपाल राम्रो हुनुपर्छ । छाला टल्कियोस्, दाँत मिलेको होस्, खाना पस्किँदा वा सेफ्टी रूल्स बताउँदा हात चलाएको सुन्दर लागोस् । कसरी हिँड्ने, हात कसरी हल्लाउने, खाना पस्किनेदेखि लिएर जूठो÷प्रयोग गरिसकेको भाँडो सङ्ंकलन गर्दा पनि हिँडाई आकर्षक हुनुपर्छ ।

अनुहारमा एउटा डन्डिफोर, चाउरी, दाग आयो भने पनि ‘ग्राउण्ड ड्युटी’मा खटाइन्छ । निराशा र तनावले कतिपयले खाना छाडी भिटामिन ए एवम् स्याउदेखि लिएर गाँजरसम्म मात्र खाने गर्छन् जसले छाला टल्कियोस् । छाला टल्किने औषधिको निरन्तरता र उपायले स्वास्थ्य विग्रिन सक्छ ।
त्यति मात्रै होइन विमानमा यात्रु उनीहरूको धैर्यलाई पर्खिन्छन् । कसैले मन पराएको सिट पाएनन् भने रिसाउँछन् त कोही मदिरा नपाएपछि ।

अधिकांश यात्रुलाई लाग्दछ कि महँगो टिकटको मूल्य ‘क्रु लाई दुव्र्यवहार गरेर मात्रै असुली गर्न सकिन्छ । ‘फिजिकल एब्यूज’  आम हो । उडान अवतरण गरेपछि यात्रु आ–आफ्नो सिटबाट उठी निस्कने प्रयासमा धक्कामुक्की रोक्नका लागि उद्घोषण गर्दा ‘फ्लायर’ रिसाउन सक्छन् । कसैले भद्दा गाली गर्दै संवेदनशील स्थानमा स्पर्श गरिदिने गरेका पनि हुन्छन् । यति तीव्रताका साथ गर्छन् कि प्रतिक्रिया जनाउन पनि सकिँदैन ।

कतिपयले प्यासेजतर्फका सिट लिन्छन् ताकि आउँदाजाँदा उनीहरूले कुहिनाले छुन सकुन् । खानाको ट्रली ल्याउँदा लैजाँदा केही यात्रुको नजर उनीहरूतर्फ नै हुन्छ । कतिपय त त्यो हदलाई पनि नाघ्छन् । तर पनि विमान परिचारिकाहरूले आफ्नो मुस्कुराइरहेको अनुहार र मसिनो आवाज कायमै राख्न सक्नुपर्छ ।

विमान परिचारिकाको मुस्कुराहट ;– उडानमा विमान परिचारिका जहिले पनि मुस्कुराइरहेको पाउन सकिन्छ, किन ? केवल सेवाभावले ? होइन ।

विमान परिचारिकाहरूलाई तालिम दिइएको हुन्छ कि जुनसुकै अवस्थामा पनि अनुहारबाट मुस्कान हराउनु हुँदैन । चाहे ‘एयर टर्बुलेन्स’ को अवस्थामा होस्, चाहे विमानभित्र यात्रु रिसाएको अवस्थामा वा सङ्कटकालीन अवस्थामा नै किन नहोस् । किनभने उनीहरूको मुस्कान यात्रुहरूको दिमागमा ‘सबै कुरा सामान्य  छ’ भत्रे सङ्केत दिन्छ । यदि चालक दलका सदस्य डराए भने पूरै विमान  हुन पुग्छ । त्यसैले विमान परिचारिकाको मुस्कान मीठो मात्रै हुँदैन, धेरै स्मार्ट पनि हुन्छ ।

एउटा सानो त्रुटीले ‘क्रु’ हरूको नाम छेउको कोष्ठमा रातो रेजा लाग्न सक्छ ;–

अन्तर्राष्ट्रिय उडानमा विमान परिचारिकासँंग यात्री नजिक हुन खोज्नु आम स्वभाव हो । कतिपय ठूल्ठूला यात्रु (फ्लायर) हुन्छन् जो प्रायः आउजाउ गरिरहन्छन् । यदि कुनै फ्लायरले भेट्ने निमन्त्रणा गरिएको टिस्यू पेपर एयर होस्टेसलाई दिए भने हो–हल्ला नगरी त्यसै टिस्यू पेपरमा निमन्त्रणा इन्कार गरी फिर्ता गरी दिनुपर्छ, कुरा सकिन्छ । कुराकानी हुँदैन । तर कतिपयले होटलसम्म पछ्याउने हुन्छन् ।

कतिपटक यात्री फोहोरी इशारा गर्छन् । यसमा बिजनेश क्लासवाला अघि छन् । बिजनेश क्लासमा पेय पदार्थ बाँड्दाबाँड्दै एक्कासी घुँडामा स्पर्श भई तर्सिंदा ड्रिंक्स हल्का पोखियो भने यात्रुले हकार्न थाल्छन् । यस्तो किन भयो बताउन खोज्दा बोल्न सकिंदैन । प्रौढ यात्रुले गाली गलौच गर्दा पनि चित्त नबुझेपछि ओर्लेपछि गुनासो दर्ता गरिदिनेसम्म हो । यात्रुले हवाई टिकटसँगै स्कर्टमा ड्युटीमा रहेकी युवती पनि खरिद गरी लिएका ठान्छन् ।

ल्यापटपमा पोर्न चलाउँदै धेरैले मदिरा माग्छन् । पस्केपछि फेरि बोलाउँछन् र अर्थोक माग गर्छन् । बोलाएपछि जानैपर्छ । यदि मदिरा सेवन गर्दै बान्ता गरिदिए पनि अनुहारमा कुनै तनाव नलिइ यात्रुलाई तातो टिश्यू दिनुपर्छ । निधारमा तनाव देखिए वा अलिक झर्किए यात्रुले गुनासो गरिहाल्छन् । जवसम्म छानविन हुँदैन उनीहरूलाई डेस्कमा बस्न भनिन्छ । यदि गुनासो गर्ने पहुँचवाला छन् भने उनीहरूको जागिर सङ्कटमा पर्न सक्छ साथै  विमान परिचारिकाहरू खुलेर आफ्नो कुरा राख्न चाहँदैनन् । पहिचान खुले अवकाशपछि कसैले पनि अर्को अवसर दिँदैनन् भनेर ।

लामो दूरीको उडानमा के–के हुन्छ ?
लामो दूरीको उडानमा यात्रुले के कुन हर्कत गर्छन् ? के क्रु मेम्बर्स माइल हाई क्लबमा संलग्न हुन्छन् ?

लामो दूरीको उडानमा मापसे गरेपछि बहकिनु केही यात्रुको आम व्यवहार हो । उचाईमा शरीरमा अक्सिजनको कमीको कारण निर्जलीकरण बढी हुने हुँदा एक ड्रिङ्कको असर तीन गुणा बढी हुन्छ ।
यसका अतिरिक्त यस्तो यात्रामा ‘माइल हाई’ आम कुरा हो । माइल हाईको अर्थ उडानमा सम्बन्ध राख्नुुसित छ ।

यात्रु मात्रै हैन, केही  क्रु मेम्बर्स पनि यस्ता काममा सरिक हुन्छन् । विशेषगरी तव जव ‘लेओवर’ हुन्छ । लेओवरको क्रममा जव ‘कनेक्टिङ्ग फ्लाइट्स’को बीचको समय अलग–अलग वायुसेवाको  क्रु होटलमा पार्टीमा संलग्न हुन्छन् । केही पार्टी धेरै अजीब र असहज खालका हुन्छन् ।

यस दौरान   क्रु  मेम्बर्स सारा सीमा नाघ्छन् । यस्तोमा विमान परिचारिकाले सबै किसिमका चुनौतीको सामना गरी स्वयंलाई धैर्यपूर्वक सहज राख्ने गर्छन् ।

क्याबिन क्रु को हट पार्टी  – अन्तर्राष्ट्रिय उडानमा क्याबिन  क्रु को स्टपओवर्समा प्रायः हट पार्टी हुने गरेको हुन्छ । मदिराको असरले प्रत्येक पटक केही न केही गडबडी हुने गर्छ । त्यस्ता पार्टीमा कहिलेकाही“ वातावरण यति बिग्रिन्छ कि त्यहाँबाट निस्कनु पर्ने अवस्था आइलाग्छ । प्रायः विवाहित विमान चालक र फ्लाइट अटेण्डेट अफेयर्समा अल्झिने गरेको पाइन्छ । विमान चालक र फ्लाइट अटेण्डेटबीच असहज हुने खालको सम्बन्धसम्मको अवस्था उत्पत्र हुने गर्छ ।

‘आर्गी’को माहोल बनाइन्छ – आर्गीको अर्थ यस्तो माहौल हो जसमा मानिस बिना कुनै रोकतोक कसैसित पनि यौन सम्बन्ध राख्छ । यद्यपि ‘स्टपओवर्स’ को माहौललाई पूर्ण रूपले ‘आर्गी’ माहौल भत्र मिल्दैन । तर, यो त्यो भन्दा कम पनि होइन । साथै, यस्तो पार्टीमा उडानको प्रबन्धक कसै कसैको लागि एकदमै खराब हुन सक्छ ।

नशा सेवन  – शुरूवात् हल्काफुल्काबाट हुन्छ, पार्टीमा बेग्लै देखिन नपरोस् भनेर । त्यसपछि बानी पर्दै जान्छ । मापसेसम्म त ठीक छ, चल्छ । घुम्दै गर्दा धेरैले ‘ड्रग्स’ पनि लिन थाल्छन् । कोही वजन घटाउने औषधि लिन्छन् । केहीले थकानबाट बच्नका लागि पिल्स लिन्छन् । परीक्षण गर्ने हो भने विमान परिचारिकाको शरीरमा खाना त्यति भेटिंदैन जतिकी विश्वभरिको औषधि र मदिरा र अर्ध निद्रा ।

View : 553

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved