विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि मोरङ जिल्ला बार एशोसिएशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ लाख १ हजार १११ रकम आर्थिक सहयोग उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका बीच बारका पदाधिकारीहरूले सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई रकम जम्मा गरिएको बैंक भौचर हस्तान्तरण गरे ।
भौचर हस्तान्तरण कार्यक्रममा बारका अध्यक्ष हरिशंकर मण्डल, उपाध्यक्ष नवराज दाहाल, सचिव खड्गबहादुर निरौला, कोषाध्यक्ष वेनुप्रसाद भट्टराईसहित वरिष्ठ अधिवक्ता कविता बस्नेत सुवेदी, अधिवक्ता सुनीलकुमार कर्ण, र अधिवक्ता दुर्गाप्रसाद पोखरेल लगायतको उपस्थिति थियो ।
व्यावसायिक बहस–पैरवीमा मात्र सीमित नरही राष्ट्रिय विपद्को घडीमा सामाजिक तथा मानवीय उत्तरदायित्व वहन गर्दै बारले यो सहयोग प्रदान गरेको हो ।
View : 262
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved