Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

आज झापा पुगेका ओली, बिर्तामोडमा जागरण अभियानको उद्घाटन गर्ने भोलि

उद्‌घोष संवाददाता
३० साउन २०८३, शनिवार

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा पुगेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन् ।

इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन् ।

ओली आज इलाममै बस्ने कार्यक्रम रहेको नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

उनका अनुसार ओली भोलि बिर्तामोडमा आयोजना हुने एमाले झापाको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

एमाले झापाले पार्टी संगठनलाई थप सक्रिय बनाउने तथा कार्यकर्तामाझ जागरण र अभियान सञ्चालन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

View : 43

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved