Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

डा.खतिवडा न्यूरो अस्पतालको कार्यबाहक विभागीय प्रमुख

उद्‌घोष संवाददाता
७ माघ २०८१, सोमवार

Advertisement

विराटनगर । न्यूरो सर्जरीमा एमसीएच गरेर बिगत तीन वर्षदेखि विराटनगरको चिकित्सा क्षेत्रमा सक्रिय डा. रोशन खतिवडा न्यूरो अस्पताल विराटनगरको कार्यबाहक विभागीय प्रमुखको रुपमा अनुबन्धित भएका छन् । 

छोटो समयमा विराटनगरमा आफ्नो छुट्टै पहिचान बनाएका डा. खतिवडाको उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभव उनको बलियो पक्षको रुपमा रहेको अस्पतालले दावी गरेको छ । 

डा. रोशन खतिवडाले बीर अस्पताल नाम्सबाट न्यूरोसर्जरीमा एमसीएच प्राप्त गरेका छन्, जुन नेपालका प्रख्यात चिकित्सा शिक्षा सम्बन्धी संस्थाहरूमध्ये एक हो, जहाँ उन्नत शल्यचिकित्सा प्रविधिहरू र बिरामी हेरचाहको लागि परिचित छ । 

विगत १५ वर्ष देखि न्यूरो सर्जरी हुँदै आएको न्यूरो अस्पताल विराटनगरमा अहिले पनि बरिष्ठ न्यूरो सर्जन डा. सुनिलकुमार दास, बरिष्ठ न्यूरो सर्जन डा. आशिषजंग थापा, न्यूरो सर्जन डा. आलोक झा लगायतका न्यूरो सर्जनहरुको टिम कार्यरत रहेको छ । 

डा. खतिवडाको उपस्थितिले न्यूरो सर्जरी टिम थप सशक्त हुने र यस क्षेत्रका बासिन्दाहरूलाई उपलब्ध हुने न्यूरोसर्जिकल सम्बन्धी सेवाहरुको गुणस्तरमा अभिवृद्धि हुनुका साथै नयाँ अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया तथा उपचार विधि प्रयोग हुने अपेक्षा अस्पतालले गरेको छ ।

View : 748

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved