विराटनगर । गोदरेज एप्लायन्सेसले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘मनैदेखि ‘वाउ’ नामक विशेष उत्सव योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत गोदरेजका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, भिसीकुलर, डीप फ्रिज तथा एयर कूलरलगायतका उपकरण खरिदमा उपभोक्ताले विभिन्न उपहार, क्यासब्याक तथा सहज सुविधा पाउने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत फ्रन्टलोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, टपलोड वासिङ मेसिनमा ४ केजी र ट्विनटब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल निःशुल्क उपलब्ध हुनेछ ।
यस्तै एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसनको सुविधा दिइनेछ ।
उपभोक्ताले अधिकतम् २८ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा सहज एक्सचेन्ज सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
गोदरेजका फ्रन्टलोड वासिङ मेसिनमा चार वर्षको कम्प्रिहेन्सिभ वारेन्टीको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
चाडपर्वमा उपभोक्ताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर योजना ल्याइएको गोदरेज एप्प्लायन्सेसले जनाएको छ ।
कम्पनीका अनुसार ‘मनैदेखि ‘वाउ’ योजनाले चाडपर्वको समयमा आधुनिक घरेलु उपकरण खरिद गर्न चाहने उपभोक्तालाई थप सुविधा प्रदान गर्नेछ ।
‘मनैदेखि ‘वाउ’ उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।
View : 17
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved