विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले ३०२ औं फृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विचारगोष्ठी, रक्तदानलगायत विविध कार्यत्रम गरी मनाउने भएको छ ।
पुस २७ गते मनाइने एकता दिवसका दिन विभिन्न विद्वान, इतिहासविद लगायतलाई सहभागी गराई पृथ्वीनारायण शाहको एकीकरण अभियान र उनको योगदान बारेमा विचारगोष्ठी गरिने छ ।
सोका लागि डा दुर्गा अधिकारीको संयोजक तोकिएको छ भने सोही दिन गरिने रक्तदानका लागि शोभा प्याकुरेललाई संयोजक तोकिएको राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।
पृथ्वी जयन्तीलाई भव्य रुपमा मनाउन बेलबारी नगरपालिकास्थित बेतनामा पुस २१ गते जिल्ला कार्यकर्ता भेला राखिएको राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालले बताए ।
View : 154
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved