Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटचोकमा प्रदेशस्तरीय बुद्धिचाल शुरु

उद्‌घोष सम्वाददाता
४ फागुन २०८१, आइतवार

विराटनगर । विराट बुद्धिचाल क्लब सुन्दरहरैंचा–१२ विराटचोकको आयोजनामा कोशी प्रदेशस्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

विराटचोकमा जारी सुन्दरहरैचा विराट एक्स्पोमा शुरु भएको सो प्रतियोगितामा  प्रदेशभरीका करिब १ सय खेलाडीको सहभागिता रहेको खेल निर्देशक खगेन्द्र थापाले जानकारी दिएका छन् ।

फागुन ७ गते सम्म हुने प्रतियोगितामा च्याम्पियन हुनेलाई  पदकसहित नगद २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । 

यसैगरी दोस्रो हुनेलाइ १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ७ हजार, पाँचौंलाई ५ हजार र छैटौंदेखि १० औं स्थान हुनेलाई ३ हजार पुरस्कार दिइने छ ।

त्यसैगरि उत्कृष्ट भेट्रानलगायत अन्य विधामा पनि पुरस्कार दिइने छ ।

View : 90

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved