सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा ‘एसएस फिटनेस’ सञ्चालनमा आएको छ ।
युवापुस्तादेखि सबै उमेर समूहका नागरिकलाई नियमित व्यायाममार्फत स्वस्थ, सक्रिय र ऊर्जावान जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको हो ।
एसएस फिटनेसका सञ्चालक सुमन याक्खाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर फिटनेस सेन्टरको उद्घाटन गरेका हुन् ।
सञ्चालक याक्खाका अनुसार फिटनेस सेन्टरमा नियमित व्यायाम तथा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक वातावरण र सेवामा विशेष ध्यान दिइएको छ ।
युवालाई लक्षित गरी सञ्चालनमा ल्याइएको भए पनि स्वास्थ्य र फिटनेसमा रुचि राख्ने सबै उमेर समूहका व्यक्तिलाई सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए ।
याक्खाका अनुसार एसएस फिटनेसको उद्घाटनसँगै ग्राहकलाई लक्षित गरी विशेष छुट तथा अफरसमेत सार्वजनिक गरिएको छ ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved