विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित एमफिल (दर्शनाचार्य) कार्यक्रमको छैटौं छिमल (ब्याच) को गत चैतमा सञ्चालित पहिलो सेमेस्टारको परीक्षाफलमा शशांक पोखरेल र बिमला श्रेष्ठद्वय सर्वोकृष्ट भएका छन् । विश्वविद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार, पहिलो सेमेस्टारमा परीक्षा दिनेहरूमा १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले उच्च शिक्षामा गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ एमफिल र पीएचडी कार्यक्रमहरूलाई प्राथमिकता दिंदै आएको छ ।
उत्कृष्ट नतिजा हासिल गरी उत्तीर्ण हुनेहरूमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरू तथा शैक्षिक व्यक्तित्वहरू रहेका छन् । उत्तीर्ण हुनेहरुको बिमला श्रेष्ठ (नेपालगञ्ज),शिखर सिग्देल (इटहरी), सुशील कठेत (इलाम), अनुज दाहाल (धुलाबारी, झापा), कविता पौडेल (विर्तामोड), देवीप्रसाद कोइराला (दमक), राजु सापकोटा (उर्लाबारी), सुमित्रा खतिवडा (उर्लाबारी), ध्रुवकुमार श्रेष्ठ (धरान), सन्तोष कोइराला (विराटनगर), रमेश अधिकारी (विराटनगर), शशांक पोखरेल (विराटनगर र पूजा गुप्ता (विराटनगर) छन् ।
यसैगरी नारायण घिमिरे (इटहरी) र राजु लिम्बू (पथरी) पनि उत्तीर्ण भएका छन् ।
यसैबीच, एमफिल कार्यक्रमको सातौं छिमलको पढाइ पनि औपचारिक रूपमा सुरु भएको छ । यसका लागि गत असार ४ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । यस वर्ष एमफिल कार्यक्रममा अध्ययनका लागि २० जना नयाँ विद्यार्थीहरू पूर्वाञ्चल विश्वविद्यालयमा जोडिएका छन् । हाल विद्यावारिधिका लागि पनि ८ जना अध्ययनरत छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले अनुसन्धानमा आधारित उच्च शिक्षालाई प्रवर्धन गर्दै राष्ट्रको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ ।
View : 1104
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved