विराटनगर । विराटनगर जुनियर जेसिजले २९औं संस्करणको टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम बुधबारदेखि सुरु भएको छ । सो प्रतियोगिता शुक्रबारसम्म विराटनगर हाटखोला स्थित गुरुकुलमा सञ्चालन हुन थालेको हो ।
उक्त हाजिरीजवाफमा कुल १८ विद्यालय सहभागी हुने र पहिलो दिन ६ विद्यालय सहभागी हुने छन् । विजेता र उपविजेता विद्यालय अन्तिम चरणमा प्रवेश गर्नेछन् भने दोस्रो दिनको प्रतियोगितामा पहिलो चरणमा ६ वटा विद्यालय सहभागी हुने र दोस्रो चरणमा सोही दिन ६ वटा विद्यालय सहभागी हुने र दुवै चरणको विजेता र उपबिजेता तेस्रो दिन फाइनलमा प्रवेश गर्ने छन् ।
सो प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार रहेको जुनियर जेसिजले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा सन्देशदास श्रेष्ठ, विराटनगर जुनियर जेसिजका अध्यक्ष गौरव कर्ण, विराटनगर जेसिजका अध्यक्ष प्रीतेशराज दाहाल र कार्यक्रम संयोजक आदित्य कोइरालाले हाजिरीजवाफ प्रतियोगिताका बारेमा पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।
View : 51
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved