भोटेकोशी बाढी :
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन् ।
फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ वटा रहेका छन् ।
२५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।
त्यस्तै, बाढीमा परेका २ हजार ७१५जना घाइतेहरुको उद्धार गरिएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ६९२, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ ।
View : 39
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved