विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको आयोजनामा उद्योग तथा व्यापारिक संस्थानमा ऊर्जा दक्षता प्रवद्र्धन अनुदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडाले जर्मन सहयोगसँगको सहकार्यमा कोशी प्रदेशका ६ वटा उद्योगको ऊर्जा अडिट सम्पन्न भएको र अडिटले उद्योगहरूको क्षमता अभिवृद्धि गर्ने धारणा व्यक्त गरे ।
उनले आगामी दिनमा प्रदेशका थप उद्योगहरूलाई ऊर्जा दक्षता सम्बन्धी कार्यक्रममा जोड्न सकिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।
जीआईजेडका प्रतिनिधि डा संजय गोर्खालीले ऊर्जा दक्षता प्रवद्र्धन सम्बन्धी अनुदान नेपालको दिगो विकासमा ऊर्जा क्षेत्रलाई सहयोग गर्ने गरी कार्यक्रमको स्थापना गरिएको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका ऊर्जा दक्षता अनुदान कार्यक्रमका प्रमुख राजीव मंगल जोशीले बैंकले ६ वर्षअघि सञ्चालन गरेको ऊर्जा दक्षता अनुदान सम्बन्धी कार्यक्रमले १०० प्रतिशत नतिजा हासिल गरेकोले भविष्यमा समेत कार्यक्रम सफल हुनेमा आशावादी रहेको बताए ।
विराटनगरस्थित परिसंघको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा जीआईजेड–जर्मन सहयोगका प्रतिनिधिहरू, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी तथा उद्योगीहरूको सहभागिता रहेको परिसंघ कोशीका महानिर्देशक विजयहरि शर्माले बताए ।
परिसंघले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूसँगको सहकार्यमा स्थानीय उद्योगको उत्पादकत्व वृद्धि गर्ने उद्देश्य साथ थप कार्यक्रमको विषयमा छलफल गरिरहेको शर्माले जानकारी दिए ।
View : 84
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved