उदयपुर । स्वास्थ्य कार्यालय उदयपुरले आठ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई सम्मानित गरेको छ । जिल्लामा रहेर उत्कृष्ट कार्य गर्ने स्वास्थ्य स्वयम्सेविकाहरूलाई बुधबार एक समारोहका बिच नगदसहित सम्मान पत्र प्रदान गरिएको हो ।
उनीहरूलाई जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले स्वास्थ्य कार्यालयमा सम्मान पत्र प्रदान गरेका हुन् ।
प्रदेश सरकारको महिला स्वास्थ्य स्वयमसेविका प्रोत्साहन कार्यक्रम अन्तरगत उनीहरूलाई जनही १२ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरले जानकारी दिए ।
उदयपुरमा ४ सय ५० जना महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत रहेका छन् । उनीहरू मध्येबाट उत्कृष्ट आठ जनालाई छनौट गरिएको जनाइएको छ ।
महिला स्वास्थ्य स्वयम्सेविकाहरूले मातृशिशु मृत्युदर, खोप कार्यक्रम र महामारीको समयमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै कार्यक्रममा उनीहरूको योगदानको चर्चा गरिएको थियो ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved