विराटनगर । कोशी प्रदेशका साहित्यकारहरूले प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गर्न माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश सरकारले २०७९ मा जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा धेरै स्रष्टा क्षेत्रका संस्थाहरूको असहमति भएकोले सबैको साझा बनाउन माग गर्दै बुधबार ऐन संशोधनका लागि मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
साहित्य, नाट्य र संगीत क्षेत्रका स्रष्टाहरूको टोलीले सरकारले जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७९ मा साहित्य, नाट्य र संगीत लगायत क्षेत्र समेटिन नसक्दा सबैले साझा अनुभुति गर्न नसकेको र ऐन समावेशी र सहभागितामूलक पनि हुन नसकेको बताए ।
स्रष्टाहरूको सुझाव समितिले प्रज्ञा प्रतिष्ठानको उम्मेदवार छनौट तथा सिफारिस समितिमा सबै क्षेत्रलाई समावेश गराएर एक महिला सहित बढीमा पाँच जनाको सिफारिस समिति हुनुपर्ने, प्रज्ञा प्रतिष्ठानमा स्रष्टा क्षेत्रका व्यक्तिहरूलाई मात्र सहभागी गराउनुपर्ने, प्रज्ञा प्रतिष्ठानको संरक्षक मुख्यमन्त्री र संस्कृति मन्त्री रहनुपर्ने, भाषा, कला, साहित्य, संगीत र नाट्य सबै क्षेत्रलाई समेटेर प्रज्ञा प्रतिष्ठान गठन गरिनुपर्ने प्रज्ञा प्रतिष्ठानको पदाधिकारी हुन शैक्षिक योग्यता र उमेरको हदबन्दी लगाउन नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
View : 433
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved