Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा अडानको तीनदिने सीपीई तालिम सुरु

२१ चैत २०८२, शनिवार

Advertisement

विराटनगर । नेपाल अडिटर्स एसोसिएसन (अडान) मोरङको आयोजनामा दर्तावाला लेखापरीक्षक (आरए) हरूका लागि तीनदिने व्यावसायिक निरन्तरता शिक्षा (सीपीई) तालिम शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ।

तालिमको उद्घाटन अडानका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई र पूर्व अध्यक्ष मोहनराज रेग्मीले संयुक्त रूपमा गरे। लेखापरीक्षण क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र कानुनी प्रावधानबारे सदस्यहरूलाई अद्यावधिक गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

अडान मोरङका अध्यक्ष गुरूप्रसाद लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम अडान कोशी प्रदेशका अध्यक्ष फडिन्द्रप्रसाद पराजुलीको संयोजकत्वमा सम्पन्न भएको थियो।

दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण

आइतबारसम्म चल्ने उक्त तालिममा नेपालका प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्टहरू   युवराज उप्रेती,  प्रज्वल अधिकारी,  सुरज तिम्सिनाले प्रशिक्षण दिइरहेका छन्।

१५० भन्दा बढीको सहभागिता

तालिममा  १५० जना दर्तावाला लेखापरीक्षक (आरए) हरूको सहभागिता  छ। तीन दिनसम्म चल्ने यस सत्रमा लेखापरीक्षणका पछिल्ला मापदण्ड, कर प्रणालीमा भएका परिवर्तन र व्यावसायिक आचारसंहिताका विषयमा गहन प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

लेखापरीक्षकहरूको क्षमता अभिवृद्धि गरी पेसालाई थप मर्यादित र विश्वासिलो बनाउन यो तालिम प्रभावकारी हुने अपेक्षा गरिएको पराजुलीको भनाइ छ।

View : 181

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved