विराटनगर । विराटनगर–३ स्थित विराटन शिक्षा निकेतनमा मंगलबारबाट खेलकुद उत्सव सुरु भएको छ । २० विधामा करिब तीन विद्यार्थी सहभागी खेल उत्सवको उद्घाटनमा फुटबल प्रतियोगिता गरिएको थियो ।
पहिलो दिन कनिष्ठ छात्रतर्फको खेलमा नीलो घर (ब्लू हाउस) ले पहेलो घर (येल्लो हाउस) समूहलाई शून्यका विरुद्ध दुई गोल गरी नीलो घर विजयी भएको छ ।
सो प्रतियोगितामा जनिश यादव उत्कृष्ट खेलाडी घोषित भए । सो अवसरमा विद्यालयका प्राचार्य धीरज आचार्य, नन्द न्यौपाने लगायतको उपस्थिति थियो ।
View : 23
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved