Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

सोमालियामा बाढीबाट १०० को मृत्यु

रासस
१६ मंसिर २०८०, शनिवार

संयुक्त राष्ट्रसङ्घ, १६ मङ्सिर : सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ ।

बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको  मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ ।
"देश विपत्तिमा छ,  विनाशकारी वर्षा र बाढी फैलिरहेको छ," एजेन्सीले  उल्लेख गरेको छ ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ ।  पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन् ।
 

View : 397

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved