Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

चुनौतीपूर्ण मोडमा पुस्तक व्यवसाय

उत्पादन र वितरण प्रणालीलाई वैज्ञानिक बनाउँदै उपभोक्तामैत्री र प्रविधिमैत्री व्यवसायमा हामी पुस्तक तथा स्टेशनरी व्यवसायीहरू ढल्किनै पर्छ ।
२८ पुष २०८२, सोमवार

लेखक जीवनप्रसाद नेपाल, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशीको नयाँ नेतृत्वको बीचमा ।

– जीवनप्रसाद नेपाल
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ (एफएनबीएसबी) कोशी प्रदेशको गौरवमय सातौं साधारणसभा तथा चौथो अधिवेशन हालै झापाको सुन्दर पर्यटकीय स्थल झिलझिलेमामा भव्य रुपमा सम्पन्न भएको छ । चिसो मौसम र अनेकौं व्यावसायिक व्यस्तताका बाबजुद कोशी प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति र उत्साहले पुस्तक तथा स्टेशनरी व्यवसायी संगठनको गरिमालाई थप उचाइ प्रदान गरेको छ ।
 

विगतको समीक्षा र उपलब्धि
मेरो नेतृत्वको दुई वर्षे कार्यकाल (२०८० माघदेखि) विशेष गरी सांगठनिक सुदृढीकरण र व्यवसायीबीचको समन्वयमा केन्द्रित रह्यो । यस अवधिमा प्रदेश कार्यसमितिले ८ वटा महत्वपूर्ण बैठकहरू सम्पन्न गर्दै व्यावसायिक चुनौतीका सम्बन्धमा घनिभूत छलफल ग¥यो । विषम परिस्थिति र ‘जेन्जी’ आन्दोलनका कारण सिर्जित असहज वातावरणका बीच पनि हामीले केही उल्लेख्य कार्यहरू सम्पन्न गरेका छौं ।

उर्लाबारीमा व्यवसायीको पसलमा आगलागी हुँदा ८० हजार ५०० नगद र १ लाख २५ हजार बराबरको शैक्षिक सामग्री राहत स्वरूप उपलब्ध गराएर हामीले मानवीय संवेदना र व्यावसायिक एकताको सन्देश दिएका छौं । त्यस्तै, कैलालीको धनगढीमा सम्पन्न पुस्तक प्रदर्शनी र पोखरामा भएको राष्ट्रिय महिला भेलामा कोशी प्रदेशको सशक्त उपस्थिति रह्यो, जहाँ झापा जिल्ला शाखा ‘उत्कृष्ट जिल्ला’ का रूपमा सम्मानित हुनु हाम्रो प्रदेशकै लागि गर्वको विषय हो ।

वर्तमान परिवेश र व्यवसायीका पहाडतुल्य समस्या
वर्तमान समयमा पुस्तक तथा स्टेशनरी व्यवसाय चौतर्फी संकटबाट घेरिएको छ । हामीले पहिचान गरेका मुख्य समस्याहरू यस प्रकार छन्, 


ड्ड    अस्वस्थ प्रतिस्पर्धा र डिजिटल संकट : बजारको मागभन्दा बढी व्यवसायी थपिंदा गलाकाट प्रतिस्पर्धा बढेको छ । अर्कोतर्फ, डिजिटल पाठ्यसामग्री र अनलाइन व्यापारको बढ्दो आकर्षणले परम्परागत भौतिक पुस्तक व्यवसाय संकुचनतर्फ धकेलिएको छ ।

ड्ड    दक्ष जनशक्तिको पलायन  : युवा विद्यार्थीहरूको विदेश पलायन र घट्दो जन्मदरका कारण विद्यार्थी संख्यामा कमी आउनु हाम्रो व्यवसायका लागि दीर्घकालीन चुनौती हो ।
ड्ड    नीतिगत र व्यावहारिक कठिनाइ : जनक शिक्षा सामग्री केन्द्रको फितलो वितरण प्रणाली, बिलिङ मूल्य र सूची मूल्यमा हुने भिन्नताले स्थानीय तहमा भुक्तानी लिन समस्या हुने गरेको छ ।
ड्ड    खुल्ला सिमाना र अवैध व्यापार ः सीमावर्ती क्षेत्रमा विना भन्सार भित्रिने सामग्रीका कारण नेपाली व्यवसायीहरू धराशायी बन्दै गएका छन् ।
ड्ड    विद्यालयहरूको हस्तक्षेप ः कतिपय शैक्षिक संस्थाहरूले आफैं वा झोले एजेन्टमार्फत सामग्री बिक्री गर्दा बजार केन्द्रित व्यवसायीहरू पलायन हुने अवस्था सिर्जित भएको छ ।
सांगठनिक सुदृढीकरण र आगामी बाटो

हाम्रो व्यवसायमाथि भइरहेको यो प्रहारलाई सामना गर्न व्यवसायीबीच सहमति, समझदारी र भावनात्मक एकताको विकल्प छैन । ‘संगठनमा असहयोग गर्नेलाई बहिष्कार र सहयोग गर्नेलाई प्रोत्साहन’ गर्ने परिपाटी विकास गर्न जरुरी छ ।

प्रदेश संघको वैधानिक दर्ताका लागि केन्द्रसँगको समन्वय र आगामी कार्यसमितिले व्यवसायीको हकहितमा खेल्नुपर्ने भूमिका अबका प्राथमिकता हुन् । उत्पादन र वितरण प्रणालीलाई वैज्ञानिक बनाउँदै उपभोक्तामैत्री र प्रविधिमैत्री व्यवसायमा हामी पुस्तक तथा स्टेशनरी व्यवसायीहरू ढल्किनै पर्छ ।

अन्त्यमा, पुस्तक तथा व्यवसायी जसले संस्था तथा व्यवसायलाई प्रत्यक्ष–परोक्ष उचाईमा पुयाउन  सहयोग गर्ने सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई धन्यवाद दिंदै, नवनिर्वाचित कार्यसमितिले यी साझा समस्याहरूलाई समाधान गर्दै संगठनलाई अझ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास छ । जय पुस्तक तथा स्टेशनरी व्यवसायी !  जय महासंघ ! 
(लेखक जीवनप्रसाद नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, कोशी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।)


 

View : 318

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved