Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

मेयर कोइरालाद्वारा सशस्त्र प्रहरीको भवन शिलान्यास

१ पुष २०८०, आइतवार

Advertisement

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्षको शुक्रबार शिलान्यास गरेका छन् ।

४० लाख रूपैयाँको लागतमा निर्माण हुन लागेको भवन एसीसहितको सुविधासम्पन्न हुने सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज थापाले जानकारी दिए । ४० फिट लम्बाई र २० फिट चौडाइको भवनमा बैठकका साथै अन्य कार्यक्रमका लागिसमेत प्रयोग गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा मेयर कोइरालाले शान्ति सुरक्षासहित सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम् रहेको बताए । उनले विपदको बेला उद्धार र राहतमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्ने गरेको सुनाए ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालथानका अध्यक्ष जिवछ गच्छदार, जहदाका अध्यक्ष जितु साह, बूढीगंगा वडा नम्बर १ का अध्यक्ष सोमराज काˆलेलगायतको उपस्थिति थियो ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved