Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको प्रमुख सचिवमा भट्टको पदस्थापन

उद्‌घोष संवाददाता
१९ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । सरकारले सहसचिव नारायणप्रसाद भट्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बढुवासँगै उनलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको रिक्त सचिव पदमा भट्टलाई बढुवा गरी कोशी प्रदेश सरकारको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिइएको हो ।

सचिव बढुवाका लागि सिफारिस समितिले भट्टसहित विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सरकारले पहिलो नम्बरमा रहेका भट्टलाई सचिवमा बढुवा गरेको हो ।

यसअघि सचिव बढुवा सिफारिसमा श्रीकृष्ण नेपाल पहिलो, नारायणप्रसाद भट्ट दोस्रो र विनोदबहादुर कुँवर तेस्रो नम्बरमा थिए। तर नेपाल सचिवमा बढुवा हुनुअघि नै ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सिफारिसको क्रम परिवर्तन भएको थियो ।

नेपाल अवकाशमा गएपछि दोस्रो नम्बरमा रहेका भट्ट पहिलो र तेस्रो नम्बरमा रहेका कुँवर दोस्रो नम्बरमा पुगेका थिए । रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअनुसार वरिष्ठ सहसचिव उत्तरकुमार खत्रीलाई तेस्रो नम्बरमा समावेश गरिएको थियो । 

पछिल्लो समय सचिव बढुवा प्रक्रिया पटक–पटक परिवर्तन हुँदै आएको थियो । विभिन्न चरणमा कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाल सचिवमा बढुवा भएपछि रिक्त पदका लागि नयाँ सिफारिस गरिएको थियो । अन्ततः श्रीकृष्ण नेपाल पनि अनिवार्य अवकाशमा गएपछि भट्ट पहिलो नम्बरमा पुगेका हुन् ।

भट्टको सचिवमा बढुवासँगै अब उनले कोशी प्रदेश सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् । उनलाई प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिइएको हो ।

View : 17

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved