विराटनगर । विराटनगरमा दोश्रो संस्करणको ‘मिल्स फार्क नकआउट फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । मिल्स फार्क क्लब विराटनगरको आयोजनामा पुस १ देखि ६ गतेसम्म विराटनगर जुट मिल्स परिसरको खेल मैदानमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
आयोजक क्लबले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा मोरङ जिल्लाभरिबाट विभिन्न १२ विद्यालयबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ ।
अन्तर विद्यालय फुटबल प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने फार्क क्लबका अध्यक्ष धनकुमार लामाले बताए ।
प्रतियोगितामा प्रथम हुने बिजयी टिमले नगद ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १ हजार र मेडल पाउने आयोजक समितिले जनाएको छ ।
यसअघि २०७९ सालमा फार्क कल्बको स्थापना गरिएपछि पहिलो पटक विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
यस्तै २०८० सालमा विभिन्न विद्यालयका एकसय बढी विद्यार्थीलाई सहभागी गराएर क्लबले पहिलो अन्तर विद्यालय टेबुल टेनिस प्रतियोगिता आयोजना गरेको आयोजक क्लबले जनाएको छ ।
View : 94
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved