विराटनगर । नेपालीहरूको महान् चाड दशैंलाई लक्षित गर्दै सेन्साइले विशेष ‘उत्सव योजना’ सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा ३० हजार १०० सम्म क्यासब्याक पाइनेछ ।
योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनरलगायतका उत्पादन समावेश छन् ।
फ्रन्टलोड वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल र अर्ध स्वाचालित वाशिङ मेसिनमा २ केजी सर्फ एक्सेल निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस्तै, योजनामा सहभागी ग्राहकले सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन बम्पर उपहार जित्ने अवसरसमेत पाउनेछन् ।
क्यूआर कोड स्क्यान गरी बम्पर उपहारमा सहभागी हुन सकिनेछ । ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई र एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ ।
योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
योजना चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सको आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा अनलाइन माध्यमबाट उपलब्ध हुने बताइएको छ । शर्तहरू लागू हुनेछन् ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved