Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव

सरकारले अपेक्षा अनुसार काम गरेन : राजेन्द्र राउत

३ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । निजी क्षेत्रले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताएका छन् । 

उद्घोष  दैनिकको २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै  राउतले निजी क्षेत्र अहिले अनेकौं समस्याबाट गुज्रिरहेको तर सरकारी संकेत आशालाग्दो नरहेको बताएका हुन् । 

‘अहिले चुनाव सम्पन्न भएर दुईतिहाइको सरकार आएको छ । निजी क्षेत्रले धेरै आशा गरेको थियो कि सरकारको अस्थिरताका कारण हामीले भोग्दै आएका समस्याहरू समाधान हुनेछन्,’  उनले भने, ‘तर जुन अपेक्षा निजी क्षेत्रले गरेको थियो, त्योअनुसार प्रतिफल प्राप्त हुन नसकेको जस्तो मलाई लाग्छ ।’ 

उनले अहिले विभिन्न क्षेत्रमा निजी क्षेत्रमाथि आक्रमण भइरहेको गुनासो गरे । 

कुनै समस्या पर्दा उद्योगी–व्यवसायीले सुरक्षा र न्याय खोज्दै हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । 

कतिपय व्यवसायीलाई बिनाकारण छापा मार्ने, पक्राउ गर्ने र पछि धरौटीमा छाड्ने गरिएको भन्दै उनले अनुसन्धान र कारबाहीको प्रक्रियामाथि प्रश्नसमेत उठाएका छन् ।

उद्योग–व्यवसायको उत्पादन घटेको र बजारको मागसमेत कमजोर बनेको उनले बताए । 

उनका अनुसार अहिले उत्पादन ५० देखि ६० प्रतिशतसम्म घटेको अवस्था छ । ‘अहिले उत्पादन ५० देखि ६० प्रतिशत घटेको छ, बजारको माग घटेको छ । रेमिट्यान्स आए पनि त्यो पुँजी बजार र विकासमा प्रवाह हुन सकेको छैन,’ उनले भने । 

पुँजीगत खर्च बढाउन नसके पूर्वाधार विकास र उद्योग सञ्चालनमा समेत समस्या हुने उनले बताए । बैंकिङ प्रणालीमा तरलता भए पनि कर्जा प्रवाह सहज नभएको उनको गुनासो थियो ।

View : 60

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved