विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले रौतहटबाट एक करोड रुपैयाँभन्दा बढी राजस्व नोक्सानी हुन सक्ने अन्तःशुल्क स्टिकर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. सरमुजवाबाट खटिएको गाडी मोबाइल टोलीले रौतहटको बौधिमाई नगरपालिका–७, बंकुल भन्सार पछाडिको धानबारी क्षेत्रबाट १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका स्टिकर ५० यूपी १८० मिलिलिटर क्षमताका मदिराका बोतलमा टाँस गर्न प्रयोग गरिने प्रकृतिका छन् । ती स्टिकर ६ रोलमा रहेका थिए ।
नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने किसिमका देखिने उक्त स्टिकर प्रयोग गरिएको भए राज्यलाई १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी हुन सक्ने गौर भन्सार कार्यालय, रौतहटले जनाएको छ ।
बरामद गरिएका स्टिकर आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 28
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved