Biratnagar, Morang, Nepal
१ कार्तिक २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लेटाङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

उद्‌घोष संवाददाता
३० असोज २०८३, शुक्रवार

Advertisement

लेटाङ । लेटाङ जेसीज वर्ष २०२६ ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, स्लो मोटरसाइकल प्रतियोगिता, निःशुल्क आँखा तथा कान जाँच शिविर, विद्यालयमा उत्प्रेरणामूलक कार्यक्रम र लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यसैगरी, संविधान दिवसको अवसरमा नागरिकका मौलिक हक, अधिकार तथा सूचनाको हकबारे जानकारी गराइएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको समापन गत असोज ३० गते शुक्रबार साहित्यिक कार्यक्रम तथा सिर्जना वाचनसहित गरिएको हो । कार्यक्रममा साहित्यकार लीला अनमोललगायत स्थानीय साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। सो अवसरमा पुरस्कार वितरण तथा साहित्यप्रेमी र समाजसेवीहरूलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावती तथा विशिष्ट अतिथिका रूपमा पूर्वनगरप्रमुख शंकर राई सहभागी थिए। कार्यक्रममा संस्थापक अध्यक्ष जेसी ओम प्रकाश श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

लेटाङ जेसीजकी अध्यक्ष जेसी संगीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जेसी पवन दाहालले गरेका थिए ।

कार्यक्रममा साहित्यप्रेमी लेटाङ निवासी डिल्ली ओझा, लेटाङ नगरपालिका–२ निवासी विश्वनाथ शाक्यलगायत समाजसेवीहरूलाई सम्मान गरिएको थियो ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved