Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पुस्तक व्यवसायी महासंघद्वारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

उद्‌घोष संवाददाता
२२ माघ २०८१, मङ्गलवार

विराटनगर/ नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ मोरङ १ नम्बर एकाईले पुस्तक दिवसको अवसरमा शंकरपुर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्की, पोखरिया माविका प्राचार्य खेमराज भट्टराई, महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मात्रिका सिवाकोटीको उपस्थितिमा विद्यालयमा प्रअ दुर्गाप्रसाद पोखरेललाई ६० जना विद्यार्थीका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको मोरङ अध्यक्ष दिनेशकुमार पन्तले बताए । 

कार्यक्रममा महासंघ मोरङ एकाइ नम्बर १ का अध्यक्ष सुशील घिमिरे,  प्रदेश सदस्य यतिराज पोख्रेल,  पूर्व केन्द्रीय सदस्य गंगाधर मैनाली, एकाई सचिव दिलिप बस्नेत,  विद्यालयका प्रअ दुर्गाप्रसाद पोख्रेल,  त्यस्तै पोखरिया मावि शिक्षिका रिता पाठक, महासंघ मोरङ सदस्य माधव बरालको समेत सहभागिता थियो । 
 

View : 540

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved