काठमाडौं : नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमलगायत क्षेक्रमा शुत्रबार राति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
कांग्रेसले शनिबार विज्ञप्तिमार्फत उक्त निर्णयलाई आ–आˆनो तहमा कार्यान्वयन गर्नु, गराउनका लागि पार्टीका सबै तहमा निर्देशन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने पार्टी कार्यालयले जनाएको छ ।
View : 353
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved