विराटनगर । शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । उनका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो ।
आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्रतर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ दि म्याच बने भने छात्रा तर्फ कक्षा ८ की आश्ना कटुवाल वुमन अफ दि म्याच घोषित भइन् ।
कक्षा ६ र ७ का छात्र तर्फ भएको ५० मिटर फ्री स्टाईलमा कक्षा ७ का अनुभव दाहाल प्रथम, कक्षा ६ का डेनिश काफ्ले द्वितीय र कक्षा ७ का आरभ आचार्य तृतिय भए ।
कक्षा को २५ मिटर फ्री स्टाईल छात्रमा कक्षा ७ का आदित्य साह प्रथम, कक्षा ६ का आरध्य झा द्वितीय र कक्षा ७ का स्पन्दन चौधरी तृतीय बने ।
२५ मिटर बटरफ्लाईमा कक्षा ६ का श्रीयांश थापा प्रथम, आरभ चौधरी द्वितीय र प्रनव भट्टराई तृतिय भए ।
५० मिटर ब्रेस्ट स्ट्रोकमा कक्षा ७ का पुरव तिम्सिना प्रथमक र आरध्य पाण्डे द्वितीय हुँदा कक्षा ६ का आरभ चौधरी तृतिय बनेका थिए ।
१०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे द्वितीय हुँदा कक्षा ६ का प्रनव भट्टराई तृतीय भए ।
सोहि कक्षा समूहको २०० मिटर फ्री स्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे द्वितीय र कक्षा ६ का श्रीयांश थापा तृतीय भएका थिए ।
२५ मिटर ब्रेस्ट स्ट्रोकमा आरध्य पाण्डे प्रथम, पुरव तिम्सिना द्वितीय र श्रीयांश थापा तृतीय भएको जनाइएको छ ।
२५ मिटर ब्याक स्ट्रोकमा कक्षा ७ का प्रनव भट्टराई प्रथम, अनुभव दाहाल द्वितीय र कक्षा ६ का आरभ चौधरी तृतीय बने ।
पानी मुनिबाट खेलिने २५ मिटर फिन्स इभेन्टमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा ६ का श्रीयांश थापा द्वितीय र कक्षा ७ का आरध्य पाण्डे तृतिय बनेका थिए ।
कक्षा ६ र ७ कै समूहबाट छात्रातर्फ भएको १५ मिटर फ्रि स्टाईलमा कक्षा ७ का आरध्या पोखरेल प्रथम, सदिक्षा ढुंगाना द्वितीय र विनिशा लामिछाने तृतिय बने ।
२५ मिटर फ्रि स्टाईलमा कक्षा ७ कि काव्या कार्की प्रथम भइन् भने कक्षा ६ की स्मृति झा द्वितीय र कक्षा ७ की विनिशा लामिछाने तृतीय भएका थिए ।
छात्रा तर्फ नै कक्षा ८–१० को समूहबाट भएको ५० मिटर फ्रि स्टाईलमा आश्ना कटुवाल प्रथम, सुप्रभा कट्टेल द्वितीय र रश्मी गौतम तृतिय भएका थिए ।
२५ मिटर फ्रीस्टाईलमा आश्ना कटुवाल ९८० प्रथम, रश्मी गौतम ९८० दित्तिय र सुप्रभा कट्टेल तृतीय भए ।
२५ मिटर फ्रि स्टाईल खुलामा आश्ना कटुवाल प्रथम, रश्मी गौतम द्वितीय र सुप्रभा कट्टेल तृतीय भएका थिए । सोही कक्षा समूहको छात्रतर्फ भएको २०० मिटर फ्रि स्टाईलमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र हर्षित प्रताप सिंह तृतीय बनेका हुन् ।
१०० मिटर फ्रि स्टाईलमा सुज्ञान कोइराला प्रथम, हर्षित प्रताप सिंह द्वितीय र स्वयम राज घिमिरे ९९० तृतीय भए ।
५० मिटर फ्रि स्टाईलमा कक्षा १० मनसुन कार्की प्रथम, आरभ थापा द्वितीय र अभय थापा मगर तृतीय भएका थिए ।
२५ मिटर फ्रि स्टाईलमा धर्मेश चौधरी प्रथम, सुशान्त राउत द्वितीय र तनिश मण्डल तृतीय भएका थिए । सोही कक्षा समूहको २५ मिटर बटरफ्लाईमा धावा तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र रेहान अन्सारी तृतीय हुँदा ५० मिटर ब्रेष्टस्ट्रोकमा कक्षा १० का सुज्ञान कोइराला प्रथम, रेहान अन्सारी द्वितीय र रुद्र शर्माले स्थान हाँसिल गरेका थिए ।
२५ मिटर ब्याकस्ट्रोकमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र कक्षा ९ का रेहान अन्सारी तृतीय हुँदा २५ मिटर ब्रेस्टस्ट्रोकमा पनि तामाङ, कोइराला र अन्सारी नै प्रथम द्वितीय र तृतीय भएका थिए ।
२५ मिटर फ्रि स्टाईल खुलामा कक्षा ८ का सिद्यान्त यादव प्रथम, मवि शर्मा द्वितीय र भेरी अग्रवाल तृतिय भएका थिए ।
यस्तै रिले फ्रीस्टाईल खुलामा समूह ‘ए’ प्रथम भयो भने समूह ‘सी’ द्वितीय र समूह ‘बी’ तृतीय भएको जनाइएको छ ।
प्रतियोगिताको निर्णायकको भूमिका कोशी प्रदेश पौडिका मुख्य प्रशिक्षक इन्द्रजीत राजभण्डारी रहेका थिए । उनले आगामी राष्ट्रिय प्रतियोगितामा भाग लिन कोशी प्रदेशमा विभिन्न स्थानमा प्रशिक्षणलाई तिब्रता दिइएको बताए ।
प्रतियोगिताका विजेताहरुलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरी लगायतले मेडल तथा ट्रफी वितरण गरेका थिए ।
प्रतियोगिता अन्तर्गत कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूबिच १५ मिटरदेखि १५०० मिटरका विभिन्न स्पर्धा गराइएको थियो ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved