विराटनगर । मोरङको कटहरी–१ मा बनेको कोशी प्रदेश सभाको नयाँ प्रदेश सभा हलमा बुधबार पहिलो बैठक बसेको छ ।
देवकोटा चोकस्थित प्रदेश सभा सचिवालय र सभा हल गत भदौ २४ मा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त बनेको थियो ।
त्यसपछि कटहरीस्थित फलफूल तथा तरकारी थोक तथा खुद्रा बजारको भवन संरचनामा सरेको प्रदेश सभा सचिवालयले सोही स्थानमा नयाँ सभा हल निर्माण सम्पन्न गरेपछि बुधबार पहिलो बैठक बसेको हो ।
यसअघि प्रदेश सभा सचिवालयले विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह भाडामा लिएर बैठक संचालन गरेको थियो ।
बुधबारदेखि सभा हल प्रयोगमा आएको छ । सभा हलसहित दलको कार्यालय, बैठक हल लगायतका अन्य संरचना पनि तयार भएको प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काले बताए ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved