विराटनगर । विराटगर–९ स्थित शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई मंगलबार एक कार्यक्रमबीच नगदसहित सम्मान गरेको हो ।
कलेजले संचालन गरेको परीक्षाहरूमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको कलेजका व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले बताए । उनका अनुसार व्यवस्थापन संकाय कक्षा ११ र १२ का गरी २० जना र विज्ञान संकायमा कक्षा ११ र १२ का गरी ५७ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको उनले बताए ।
कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरू सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्रीयन्सा दाहाल खत्री र सुमन आचार्यलाई सम्मानित गरिएको जनाइएको छ ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान पर्दशनमा दोस्रो हुनुका साथै हिसान खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी विद्यार्थी, आन्तरिक हाजिरिजवाफ, रोवोटिक्स एस्ट्रोनोमी, एभिएसन र आइटी वर्कसपमा सहभागी विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले बताए ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटी, निर्देशक डा. विमल श्रीवास्तव, निर्देश रामचन्द्र अधिकारी र विज्ञान संकायका को–अर्डिनेटर नविन रायले लगायतले विद्यार्थीहरूलाई सम्मानित गरेका हुन् ।
त्यसैगरी कलेजले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना स्थान हासिल गर्ने क्रमशः ललिता साह, प्रज्जवल कडरिया, अञ्जु मण्डल र इशा कार्की समेत पुरस्कृत भएको जनाइएको छ ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved