Biratnagar, Morang, Nepal
३१ साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

वक्तृत्वकला प्रतियोगितामा लिटिल फ्लावर प्रथम

दुहवी नगरपालिकाभित्रका विद्यालयहरूको सहभागिता रहेको सो प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट भाषण कला प्रस्तुत गर्दै लिटिल फ्लावरले पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
उद्‌घोष संवाददाता
३० साउन २०८३, शनिवार

Advertisement

दुहवी ।  सुनसरीको दुहवी नगर प्याब्सनको आयोजनामा सम्पन्न माध्यमिकस्तरीय वक्तृत्वकला प्रतियोगितामा लिटिल फ्लावर आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

 

दुहवी नगरपालिकाभित्रका विद्यालयहरूको सहभागिता रहेको सो प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट भाषण कला प्रस्तुत गर्दै लिटिल फ्लावरले पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

 

दुहवी     नगर प्याब्सनका अध्यक्ष सुशील शाक्यको अध्यक्षतामा शनिबार सम्पन्न सो प्रतियोगितामा माउन्ट एभरेष्ट इङ्लिस स्कुल द्वितीय र माउन्ट मनास्लु इङ्लिस स्कुल तृतीय भए ।

 

ज्ञान र तर्क प्रस्तुत गर्दै उत्कृष्ट स्थान हासिल गर्न सफल प्रतियोगीहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएकाे छ ।

View : 63

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved