विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर छन्दवाटिका विराटनगरले मंगलबार सिर्जना वाचन कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार देवी पन्थी, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, आयोजक संस्थाका अध्यक्ष हरि कट्टेललगायतले महाकवि देवकोटा शालिकमा माल्यार्पण गरेका थिए ।
त्यस्तै कवि भरत गुरागाईं बर्बरिक, निर्मला कोइराला, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, रोहिणी रसिक, जीवन काफ्ले, भारती पोखरेल, भूपाल अधिकारी, शारदा भट्टराई, भवानीप्रसाद पोखरेल, कुमार श्रेष्ठ, सविना श्रेष्ठ, प्रिन्स प्रमोदकुमार ढकाल, भक्ति दाहाललगायत डेढ दर्जनभन्दा बढीले महाकवि देवकोटासँग सम्बन्धित सिर्जना प्रस्तुत गरेका थिए ।
विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजक संस्थाका हरि कट्टेलले अबदेखि छन्दवाटिकाले हरेक वर्ष देवकोटा जन्मेकै दिन कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
वि.सं. १९६६ कात्तिक २७ गते जन्मिएका महाकवि देवकोटाको वि.सं. २०१६ साल भदौ २९ गते निधन भएको थियो ।
View : 333
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved