विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) विराटनगर महानगर समितिको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।
उनी बिहीबार सम्पन्न तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा अशोक लामा, सचिवमा चिरिञ्जीवी तिम्सिना, कोषाध्यक्षमा गोपालप्रसाद रिजाल, सह–सचिवमा दिनेश ढुङ्गाना, सह–कोषाध्यक्षमा देवीलाल महतो चयन भएका छन् ।
सदस्यहरूमा यादव प्रधान, विजयकुमार सिंह, भानु भट्टराई, ईश्वरीप्रसाद मिश्र र महिला सदस्यमा सिमा अग्रवाल चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको शैक्षिक विकासमा निजी क्षेत्रका विद्यालयको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका पूर्वअध्यक्ष टीकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सल्लाहकार डा.उद्धव पोखरेल, रमेशकुमार मिश्र, सचिव हेमन्त कार्की, प्याब्सन कोशी प्रदेश अध्यक्ष टिकाराम ढकाल, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, कोशी प्रदेश अभिभावक संघका अध्यक्ष देवी पन्थी लगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
View : 316
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved