Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उदयपुरले प्रतिनिधि छनौट गर्दै, अधिवेशन चैत १३ र १४ मा

६ चैत २०८०, मङ्गलवार

गाईघाट । नेकपा एमाले उदयपुरको चैत १३ र १४ गते हुने नवौँ जिल्ला अधिवेशनका लागि आज जिल्लाभर एकसाथ प्रतिनिधि छनौट गरिने भएको छ ।

जिल्ला अधिवेशन तयारीका लागि फागुन ३० गते बसेको आयोजक कमिटीको बैठकले एकसाथ प्रतिनिधि छनौट गर्ने निर्णय गरे अनुसार ७७ वटा वडा र २३ वटा जनसङ्गठनले आज प्रतिनिधि छनौट गर्ने जनाइएको छ ।

वडाको सङ्गठित सदस्यको अनुपातमा ७ जना सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले जानकारी बताए । उनले चैत्र १३ गते जिल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समितिसमेत गरी १३ वटा उपसमिति गठन गरिएको घिमिरेले बताए ।

युवा, विद्यार्थी, किसानलगायत १० वटा जनसङ्गठनलाई २ खुला र १ महिला प्रतिनिधि तोकिएको छ । अन्य पिछडा वर्ग, बुद्धिजीवी, जनस्वास्थ्य लगायत १३ वटा जनसङ्गठनले २ जनाका दरले प्रतिनिधि छनौट गर्नेछन् ।

छनौट गरिएको प्रतिनिधिहरूको नामावली चैत ८ गते भित्र प्रतिनिधि व्यवस्थापन उपसमितिमा पठाइसक्नु पर्ने प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक टेकबहादुर राउतले बताए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

अधिवेशनमा जिल्ला भरबाट करिब ६ सय ५० जना प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।

View : 270

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved