Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालयमा लघु संग्रहालयको शुभारम्भ

उद्‌घोष सम्वाददाता
१४ पुष २०८१, आइतवार

विराटनगर । मोरङको रतुवामाई–८ स्थित दुर्गा माध्यमिक विद्यालय दाम्राभिट्टाले विद्यालयको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

कोशी प्रदेश सभाका सदस्य मालतीकुमारी लिम्बूले उद्घाटन गरेको कार्यक्रममा विद्यालयमा शिक्षण सामग्रीका रूपमा संकलन गरिएका पुराना वस्तु र प्रविधिलाई समेटेर तयार पारिएको लघु संग्रहालयको शुभारम्भ गरिएको हो । 

विद्याथीहरूलाई पुराना वस्तु र प्रविधिहरूसँग परिचित गराउन त्यस्ता वस्तु संरक्षण गर्ने उद्देश्यले लघु संग्रहालयको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर कटुवालले बताए । 

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातिको नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले बार्षिकोत्सवको अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो । 

सो अवसरमा विद्यालयमा २९ वर्ष शिक्षण पूरा गरेका पूर्व शिक्षक होमनाथ पोखरेल र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनमाया अधिकारीलाई सम्मानित गरिएको थियो । 

पूर्व शिक्षक पोखरेलले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नको लागि अक्षयकोष स्थापनार्थ एक लाख एक हजार रूपैया“को चेक विद्यालयलाई प्रदान गरे ।

कार्यक्रममा रतुवामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद निरौला, वडाध्यक्ष पुष्पबहादुर कार्की, कार्यपालिका सदस्य तथा सामाजिक समिति संयोजक हरिबहादुर राईले लगायतले शुभकामना दिएका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद त्रितालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षिका रोजिना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

View : 275

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved