विसं २०७७ साल जेठ ७ (सन् २०२० को मे २०) मा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलले नेपाल देशको नयाँ सिमाना कायम भएको नक्सा सार्वजनिक गर् यो र ६ असार २०७७ (१८ जुन) मा लागू ग¥यो । त्यो नयाँ नक्सामा सुदुर पश्चिमको केही भाग (३३५ वर्ग किलोमिटर) जो भारतले भोग गर्दैै आइरहेको थियो, त्यसलाई पनि समेटियो । यसो गर्दा नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भयो र नक्साको आकार पनि प्रष्ट देखिने गरी बदलियो ।
यसरी बदलिएको नक्सालाई स्वदेशभित्र त सरकारका संयन्त्रमार्फत् प्रचार भयो । सरकारी तथा अनौपचारिक क्षेत्रबाट तल्ला तहरूसम्म पुग्यो,प्रयोगमा आयो । औपचारिक पढाइमा सामवेश गरियो । करिब चार वर्षको समयमा प्रायः नेपालीले बदलिएको आकारको नेपालको नक्सा र थपिएको भूमिको जानकारी राखेका छन् ।
भूमि थपिएर सिमानामा नै परिवर्तन आएको कुरा आफूभित्र मात्र होइन विश्वस्तरमा फैलाउन आवश्यक छ किनभने विश्वका मानिसहरूले, सबै देशका सरकार र तिनका सरकारी निकायहरूले यो कुरा बुझे भने मात्र हाम्रो देशको सीमारेखा बलियो हुन्छ । अहिले हामी यो चरणमा छौं कि हामीले नै संसार भरिका सकेसम्म धेरै मानिसलाई सुझबmुझ गरार्आं । नक्सा जारी गरिसकेपछि प्रचार गर्ने चरणमा हामीहरू छौं, मुद्दा मामिलाको समय आइसकेको छैन । किनभने पहिला त विश्वसमुदाय विश्वस्त भएको खण्डमा सिमाना मिच्ने देशलाई धावा बोलिहाल्न नहुने नैतिक दवाव पर्छ ।
नेपालको नयाँ आकारको नक्सा, थप भूभागबारे विश्व समुदायलाई जानकारी पु¥याउने महत्वपूर्ण माध्यम भने जर्नलमा लेखिने वैज्ञानिक लेखहरू हुन् । आफ्ना अनुुसन्धानका प्रतिवेदन जर्नलहरूमा छापिने क्रममा नेपालको नक्सा पनि छापिएपछि सो अध्ययन गर्नेहरूका आ“खामा पर्छ र यसबारे उनीहरूको दिमागमा छाप पनि बस्छ ।
नयाँ नक्सा जारी गरिएपछि नापी विभागले यसको सेपफाइल डाउनलोड गर्न सकिने गरी वेवपेजमा राखेको छ । सबै अनुसन्धानकर्ताहरूले यसलाई डाउनलोड गरी आफ्नो अध्ययन स्थलहरू प्लट गर्न सक्नेछन् । नेपालमा अनेकन विधामा अनुसन्धानहरू भइरहेका छन् । सबैभन्दा बढी चाहिं प्रकृति र प्राकृतिक स्र्रोतका विषयमा भएका अनुसन्धानहरू विदेशी वा विश्वस्तरका जर्नलहरूमा प्रकाशन भएको पाइन्छ । वन, वन्यजन्तु, मानव वन्यजन्तु द्वन्द्व, मिचाहा जीवहरू, भूगोल, जलवायु, वातावरण,सूक्ष्म जीव विज्ञान, जलवायु परिवर्तन र असर, जलस्रोत आदिका विषयमा धेरै अनुसन्धानहरू हुने गर्छन् । जनस्वास्थ्यसँग सम्बन्धित विषयवस्तुमा पनि धेरै अनुसन्धान प्रतिवेदनहरू आलेखको रूपमा निश्चित ढाँचामा छापिइ नै रहेका छन् ।
जर्नलहरूमा प्रकाशनार्थ लेख तयार गर्दा ‘सामग्री तथा विधि’ अध्यायमा अध्ययनस्थलको बारेमा अनिवार्य जानकारी राख्नुपर्छ जसमा नक्सा राख्नै पर्छ । जस्तै नेपालको कुनै वडामा अनुसन्धान गरेको भए नेपालको पूरा नक्सा, त्यसभित्र सम्बन्धित प्रदेशको, सोभन्दा भित्र सम्बन्धित जिल्ला, पालिका हु“दै वडासम्म पुग्नु पर्छ । त्यसभित्र पनि नमुना संकलन गरेको वा पूरा जनसंख्या अध्ययन गरेको विन्दुहरूका अवस्थितिसमेत देखाउनु पर्छ । त्यसैले यस्ता लेखहरूमा नेपालको पूरा नक्सा प्रकाशित हुन्छ, भइरहेका छन् ।
एक तथ्याङ्कअनुसार नेपालले सन् २०२४ मा मात्र १७ हजार ६७८ वटा लेखहरू जर्नलमा छपायो । नेपाली जर्नलहरूको साझा आधिकारिक पोर्टल नेपाल जर्नलस् अनलाइन (नेप्जोल) मा ४७० वटा जर्नलहरू दर्ता भई प्रकाशित भइरहेका छन् जसमा करिब ४५ हजार वटा लेखहरू प्रकाशित छन् । जर्नलको संख्या र लेखहरूको संख्या पछिल्ला पाँच वर्षमा ह्वात्तै बढेको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विषयहरूसँग सम्बन्धितहरू अघिल्लो साल कम्तीमा ६५० वटा लेखहरू स्तरीय जर्नलहरूमा छपाएका छन् भने उक्त संस्थानले २०८१ सालमा कम्तीमा पनि ८०० वटा लेख छपाउने प्रक्षेपण गरेको छ । यस्ता अधिकांश लेखहरू नेपालभित्र गरिएका अनुसन्धानका प्रतिवेदन भएका हुनाले र प्रायः स्थलगत अध्ययनहरू भएका कारण भन्न सकिन्छ कि ती लेखहरूमा नेपालको चुच्चे नक्सा छ । त्यति मात्र होइन विदेशिएका नेपालीहरूले नेपालको भूगोलभित्र थुप्रै अनुसन्धान कर्महरू सम्पन्न गरेका छन् जसमा नेपालको नयाँ नक्सामा अध्ययन स्थल देखाइएको हुन्छ ।
पछिल्ला वर्षहरूमा अनलाइनमा नदेखिने जर्नलहरू खास गणनामा आउँदैनन् । जुन अलनलाइनमा आए उनीहरू विश्वव्यापी भइहाल्ने भए । त्यसमा पनि स्तरीय भनेर गुणस्तर चिन्ह प्राप्त भएकाहरूका पाठक धेरै नै हुन्छन् । यस हिसाबाट हेर्दा नयाँ नक्सा जारी भएपछि अनुसन्धानकर्ताका घटीमा पनि तीन हजार वटा आलेखहरूमा नेपाल छाएको छ । यति आलेख कतिजनाले पढे होला, साइटेशन गरे होला, संख्याको गुणोत्तरी वृद्धि भइरहेको छ । विदेश बस्नेले वा विदेश गएर पढ्नेले नेपालको भूगोलभित्र गरेको अध्ययनका आलेखहरूको संख्या यो भन्दा कम छैन ।
विदेशी नागरिकहरूले नै छपाएका लेखहरूको संख्या पनि उल्लेख्य छ । यसबाट भन्न सकिन्छ कि अनुसन्धानकर्ताहरूले नेपालको अद्यावधिक नक्सालाई सार्वजनिक गरिरहेका छन्, प्रचार गरिरहेका छन् । विश्वका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको माझमा पु¥याएको छन् । यो पङ्तिकार स्वयम्ले बा“दरसम्बन्धी स्थलगत अनुसन्धान गरेर सन् २०२४ मा मात्रै नेपालको नक्सा समाविष्ट भएका जर्नल लेखहरू कम्तीमा पाँच वटा छपाएको छ । यो कार्यले विश्वलाई नेपाली अद्यावधिक सिमानाबारे जानकारी दिएको छ , विश्वस्त तुल्याएको छ र नेपालको सीमा रेखा अझ बलियो भएको छ । यस्तो भएपछि सिमाना मिच्नेहरूको स्वर क्रमशः सानो बन्दै जानेछ ।
यस सन्दर्भको अर्को पाटो पनि छ जसलाई निकै प्रभावकारी मान्न सकिन्छ । त्यो के भने जर्नल भनेको वौद्धिक वहसको थलो हो यसमा भाग लिने अर्थात् यसमा लेख लेख्ने र पढ्नेहरू वौद्धिक नै हुन्छन् । कमै मात्र सर्वसाधारण यसमा चासो राख्छन् तथापि अनुसन्धान कार्यपछि तयार हुने लेखहरू जुन चाहिं जर्नलमा छापिन्छन् ती समाज, देश र धरतीकै लागि हुन्छन् । वौद्धिक जगत विश्वस्त भयो भने अरूहरूलाई विश्वासमा लिन गाह्रो पर्दैन । वास्तवमा नेपालले कायम गरेको नयाँ सिमाना भएको नेपालको नक्सालाई विश्वसमुदायलाई विश्वस्त तुल्याउने प्रभावशाली माध्यम जर्नल लेखनलाई मान्न सकिन्छ । यस कुरालाई हृदयङ्गम गरी अनुसन्धान र वैज्ञानिक लेख अर्थात् लेखनलाई प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।
नेपाल प्राकृतिक स्रोत, भूगोल, भूस्वरूप, भूदृष्य, जलस्रोत, जैविक विविधतामा अति नै धनी छ । साथै, जलवायु परिवर्तन र यसको प्रभावको विषय उत्तिकै जल्दोबल्दो छ । यसमा पनि नेपालको सिंगो चित्र आवश्यक पर्छ । यी क्षेत्रहरूमा अनुसन्धान गरेर प्रकाशन गर्न नेपालको नक्सा त समावेश गर्नै पर्यो ।
अर्को पाटो के देखिएको छ भने अद्यापि केही अनुसन्धानकर्ता तथा लेखकहरूले नेपालको नयाँ नक्सालाई खास ख्याल गरेको पाइन्न । उहाँहरू अझै पनि पुरानै नक्सा चलाइरहनु भएको छ । यदि त्यस्तो हो भने त्यो नगरौं । प्राकृतिक विक विज्ञानबाहेकका विषयहरूमा यस्तो देखिएको छ । यदि नक्सा निर्माणसम्बन्धीको ज्ञान नभएर हो भने जान्नेहरू आफ्नै सर्कलमा हुन सक्छन्, उहाँहरूबाट सिकौं । सिक्ने सिकाउने वातावरण संस्थागत रूपमा नै अभियान चलाउनुपर्ने पनि उत्तिकै आवश्यक छ । अनुसन्धानलाई निरन्तरता दिएसँगै जर्नलमा अध्ययन स्थल देखाउने ठाउँमा नेपालको चुच्चे नक्सालाई नभुलौं । किनकि जति यसलाई हामी विश्व समुदायमा पुर्याउँछौं उति नै नेपालको सीमा रेखा बलियो हुने हो ।
View : 537
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved