Biratnagar, Morang, Nepal
१२ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध

रासस
२२ असार २०८१, शनिवार

सप्तरी । सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा  राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । 

तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए । उनले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताए ।

यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पुर्‍याएको छ । तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको जानकारी दिए ।

बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । 

खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् ।

View : 235

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved