कांग्रेस वडा अधिवेशन :
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिअन्तर्गत जारी वडा अधिवेशनमा विराटनगर महानगरपालिका–५ को वडा सभापतिमा सिताराम भट्टराई निर्वाचित भएका छन् ।
भट्टराईले बहालवाला वडा सभापति प्रभाकर कार्कीलाई १४० मतको फराकिलो अन्तरले पराजित गर्दै वडा नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । केहीबेरअघि सम्पन्न मतगणनाअनुसार भट्टराईले २४५ मत प्राप्त गर्दा कार्कीले १०५ मत पाए ।
वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका अन्य उम्मेदवार रमेश कुमार रेग्मीले ४८ मत र राखी कार्कीले २४ मत प्राप्त गरेका छन् ।
वडा नेतृत्वका लागि सहमतिको प्रयास गरिए पनि अन्ततः प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरिएको हो ।
विराटनगर–५ मा वडा सभापतिको परिणाम सार्वजनिक भएसँगै अब खुलातर्फका क्षेत्रीय प्रतिनिधिको मतगणना जारी रहेको जनाइएको छ ।
View : 491
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved