Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

वडा दशैंका लागि निरौला बन्धु सेवा समाजका विभिन्न समिति गठन

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । निरौला बन्धु सेवा समाज विराटनगरले २०८३ सालको वडा दसैँमा जमरा तथा पूजा व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरेको छ । समाजको हालै बसेको बैठकले विभिन्न पाँचवटा निर्णय गर्दै समिति तथा जिम्मेवारी तोकेको हो ।

समाजले गरेको निर्णयअनुसार जमरा तथा पूजा मूल समितिको संयोजकमा तारानाथ निरौला रहेका छन् ।

मूल समितिका सदस्यहरूमा राजिव निरौला, रामकुमार निरौला, निमा बस्नेत निरौला, दीपकप्रसाद निरौला, लिला भण्डारी निरौला, चन्द्रप्रसाद निरौला, यज्ञश्वर निरौला, मनोरमा निरौला, उमा निरौला र गोपी निरौला छन् ।

यसैगरि भोजराज निरौला, नरहरी निरौला, कुमार निरौला, राजन भण्डारी निरौला, गीता निरौला, खड्गकृष्ण निरौला, कुन्ता निरौला, नवराज निरौला, राजन निरौला, सुरेश निरौला, समिर निरौला, दुर्गा निरौला, यमन निरौला, सूर्य निरौला र धरणी निरौला पनि सदस्य रहेका छन् ।

त्यस्तै, अर्थ व्यवस्थापन समितिको संयोजकमा हिरण्य निरौला र सदस्यमा राजन निरौला रहेका छन् ।

जमरा तथा पूजा सामग्री व्यवस्थापन समितिको संयोजकमा नरहरी निरौला तथा सदस्यहरूमा डम्बरकुमार निरौला, रामकुमार निरौला र गीता निरौला रहेका छन्। पूजा सञ्चालनका लागि कर्ताको जिम्मेवारी दुर्गाप्रसाद निरौला र लिला भण्डारी निरौलालाई दिइएको छ भने पण्डितमा गणेशप्रसाद दाहाल रहने निर्णय गरिएको छ ।

यसैगरी, जमरा तथा पूजा निर्देशक समितिमा निलम निरौला, खगेन्द्रप्रसाद निरौला, हरिप्रसाद निरौला, डा. तुलसी निरौला, घनश्याम निरौला, खेमराज निरौला, गणेश निरौला, खिलानाथ निरौला र तीर्थराज निरौला रहेका छन् ।

निरौला बन्धु सेवा समाजमा अध्यक्ष निलम निरौलाले वडा दसैँका अवसरमा हुने जमरा स्थापना तथा पूजा कार्यक्रमलाई व्यवस्थित, मर्यादित र परम्परागत रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहित समिति गठन गरिएको जनाएका छन् ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved