Biratnagar, Morang, Nepal
९ फागुन २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

तेली समाज स्वास्थ्य समितिको अधिवेशन

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

विराटनगर । तेली कल्याण समाज नेपाल, स्वास्थ्य तदर्थ समिति मोरङको प्रथम स्वास्थ्य अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । 

अधिवेशनले मृगौलारोग विशेषज्ञ डा दिलिपकुमार साहको अध्यक्षतामा १७  सदस्यीय नयाँ समिति चयन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा वैद्यनाथ साह, उपाध्यक्षहरूमा डा. अम्बिका साह र हरिशंकर साह, सचिवमा सज्जन साह, सहसचिव तेजनारायण साह, कोषाध्यक्षमा जगतलाल साह र सहकोषाध्यक्षमा रञ्जनकुमारी साह चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा नरेशकुमार साह, विजयकुमार साह, जयनारायण साह, डा अमितप्रताप साह, डा सचिदानन्द साह, दिविशा साह, शारदा भवानी, सुमन साह, मनोजकुमार साह र डा अरविन्द साह छन् । 

विराटनगरस्थित एलिट क्लवको हलमा तदर्थ समितिका अध्यक्ष डा दिलिपकुमार साहको अध्यक्षतामा अधिवेशनको पहिलो शत्र सम्पन्न भएको थियो । 

सो कार्यक्रममा तदर्थ समितिका सदस्य हरिशंकर साहले स्वागत मन्तव्य राख्दै २ बर्षदेखि स्वास्थ्य समितिले गर्दै आएका गतिविधि प्रस्तुत गरेका थिए । 

समाजका मोरङ जिल्ला अध्यक्ष डा बालकृष्ण  साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा तेली कल्याण समाज, झापा जिल्ला सल्लाहकार डा सूर्यनारायण साह, मोरङ जिल्ला सहसचिव सन्तोष साह, सदस्यहरू गणेशकुमार साह, शत्रुधन साह,  विराटनगर अध्यक्ष सञ्जयकुमार साह लगायतको उपस्थिति थियो ।

View : 50

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved